गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुख नियुक्त

पाेखरा । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्तीको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई हटाएर रिक्त पदमध्ये गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।
पाैडेल प्रधानमन्त्री ओलीकाे सल्लाहकार समुहमा रहेर काम गरिरहनुभएकाे छ । वहां नेकपा एमाले निकट अखिल नेपाल महिला संघकाे राष्ट्रिय अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरि यादव संबिधानसभामा उपाध्यक्ष हुनुहुन्थ्याे ।
नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम रहेकाे छ ।

Advertisment