एउटा सनसनी खोजः नेपाललाई गृहयुद्धमा लैजाने यस्तो छ ‘गेमप्लान’

अर्जुन ज्ञवाली/पेशल निरौला
सीआईएको आँखा अब एशियातर्फ
सन् नब्बेको दशकको अन्तिमतिर नेपालमा सशस्त्र द्वन्द्व गराईयो । १७ हजार नेपालीको रगतको खोला बग्दा समेत नेपालीलाई पत्तो थिएन कि नेपालमा के भैरहेको छ । तर यो घटनाको सम्भावना र नेपालको सशस्त्र द्वन्द्वको सूत्रपात विसं २०५२ भन्दा एक दशक अघिदेखि सीआईएले योजना बुन्दै गरेको तथ्य आफ्नो लेख – CIA against Asia (भारत चीन विरुद्ध गोप्य कारवाही) मा रुस्तेम गलीउल्लिन (Rustem Galiullin) ले लेखिसकेका छन् । यसको हिन्दी अनुवाद सन् १९८८ मै उपलब्ध भइसकेको थियो । तत्कालीन सोभियत संघमा मुद्रित यस पुस्तकको नेपालबारे लेख सोभियत संघ टुक्रिनु भन्दा धेरै अघिको हो । यस पुस्तकको पृष्ठ संख्या १०८ को पहिलो हरफमा यस्तो उल्लेख छ :

“१९६० तक यहाँ साफ हो गया कि पूर्वी तिब्बत मे प्रतिरोध आन्दोलन संगठित करने मे सभी अमेरिकी प्रयास बेकार है । तब तय किया गया कि कई हजार आदमियों की एक फौज तैयार की जाय, जो नेपाल से पश्चिम तिब्बत मे हमला किया करेगी । इसके लिए अड्डा मुस्ताङ घाँटीको बनाया गया, जहाँ तिब्बती मुल के लोग रहते है जो २७००० फीट उचे अन्नपूर्ण तथा धवलागिरी पर्वतकी श्रृंखलाद्वारा विश्व से कटी हुइ है । खंपा टुकडियो का कमाण्डर एक निरक्षर लेकिन बहुत ही चतुर और निर्मम, भूतपूर्व भिक्षु बाबा वेशीको बनाया गया ।

सारी कारवाहीको अत्यन्त गुप्त रखा गया । जब तक कि काठमाडौं मे कुछ सीआईए एजेन्ट ट्रासमिटरो के साथ पकड लिये गये । नेपाली अधिकारीयो को उनके अस्तित्वके बारेमे कोई पता नचला सका । इसके बाद नेपाली अधिकारियो ने एक और सीआईए कर्मचारी राँकी स्टोनका पर्दाफाश किया, जो स्थानीय एजेंटो को हथियार और पैसा मुहैया करता था । लैग्लीने उसे तुरंत ही काठमाडौं से हटा लिया पर इस मामलेमे बदनाम होने से फिर भी न बचा जा सका । नेपाल सरकारने राँकी स्टोनके लिए आडका काम करनेवाले अन्तराष्ट्रिय अभिकरण, (एजेन्सी फर इंटरनेशनल डेवलपमेंट) को बँद किये जानेकी माग की, जिसका नेपालमे अपना हवाई अड्डा और हवाई जहाज थे । अमेरिका के लिए रणनीतिक दृष्टिसे महत्वपूर्ण इस भूभागमे बार–बार भयंकर गलतियां होती देखकर वाशिंटन ने शान्ति सेना (पीस कोर) के इस्तेमाल पर जोर देनेका पैmसला किया । शान्ति सेनाके पहले १०० आदमियोका दल नेपालमे १९६४……..”

उक्त हरफबाट पत्ता लाग्छ कि नेपालमा दशवर्षे सशस्त्र द्वन्द्व भन्दा निकै अघि देखि रणनीतिक योजना वाशिङटनबाट तय भइसकेको थियो । विसं २०५२ सालको सेरोफेरोमा भारतमा काँग्रेस आईको इटाली मूलकी सोनिया गान्धीको राज चलेकै अवस्थामा नेपाललाई अफगानिस्तानीकरण गर्नु, पश्चिमा इशारामा चल्नु स्वाभाविक थियो । नेपाल हिन्दू राज्य हुनुबाट वञ्चित गराई धर्म निरपेक्ष अर्थात् अर्ध–इसाई राज्यको रुपमा परिणत गर्ने खेल दशकौं अथवा भनौं क्यापूचिनको प्रथम नेपाल प्रवेशसँगै शताब्दीऔंको प्रयासका कारण अन्ततः सफल भयो । भारतमा हिन्दुवादी शक्ति विजेपी र प्रभावशाली नेता नरेन्द्र मोदी हुँदा पनि नेपाल र हिन्दूत्वको पक्षमा केही हुन सकेन किनकी भारतको कर्मचारीतन्त्र रअ, सिआई., ईष्ट इण्डिया कम्पनीको अवशेष आदि सबै पश्चिमा साम्राज्यवादी शैलीको पकड, प्रभावमा थियो । आखिर भारतको राजनीति र संविधानमा पनि उही औपनिवेशिक एवं अँगे्रज बफादारिताको अवशेष छँदै थियो । नेपाललाई शत्रु मान्ने तर अमेरिका, युरोपलाई मालिक मान्ने मानसिकताबाट भारत मुक्त भै नसकेको हुँदा अन्ततः पाश्चात्य साम्राज्यवादी अभियानलाई नेपालमा परोक्ष र प्रत्यक्ष ढंगले साथ मिल्यो । विरासत टुक्रिदै, गुम्दै गयो । हिन्दू नेपालीहरु झनै पीडित हुँदै गए ।

माथि उल्लेखित प्रसङ्ग बुझ्न वर्षौदेखि एशिया अध्ययन गरिरहेका CIA गुप्तचर अफिसर जन केनेथ -John Kenneth Knaus) द्वारा लिखित पुस्तक Orphans of the Cold War (America and the Tibetan Struggle for Survival) नामक एशियामा प्रतिबन्धित ग्रन्थले पनि थप पुष्टि गर्दछ ।

उक्त पुस्तकको प्रथम पृष्ठको अन्तिम हरफ यहाँ उदृत गरिन्छ :

अध्याय एकको शिर्षक – Mission to Shangri-La
Central Intelligence Agency (CIA) had been anxiously awaiting. Two young Tibetans had tapped it out on a portable radio of the type issued to agents during World War II. Its power cranked by hand. They were on a sand dune in the Brahmaputra River sixty miles south of Tibetan Capital. The senders were only a few miles from the spot where a V.S. Air Force B-24, Liberator had crashed fourteen years before lost flying over “The hump” of the Himalayas while transporting supplies to the allied forces in China. Its American crew had been forced to parachute into Tibet, but the American trained Tibetans dropped from the second plane were on a guerilla mission to support their countrymen’s resistance against the Chinese. The cold was had come to one of the world’s remote country (Nepal). Pg.1-2

जन केनेथको कथनले हिमाली भूभाग नेपालमा शीतयुद्धले प्रवेश पाएको (जसले तेस्रो विश्व युद्धको) संकेत दिन्छ । तिब्बती जनता अमेरिकी सीआईए एजेन्टद्वारा प्रशिक्षित भई काम गरिरहेको प्रमाण उक्त हरफले उजागर गर्दछ । चीन विरोधी खम्पा गुरिल्लालाई दक्षिण अमेरिकाको गोप्य स्थलमा तालिम दिएर हवाईजहाजबाट नेपालको मुस्ताङ र तिब्बतमा पाराश्युटबाट खसालिन्थे । हतियार पनि यसरी नै खसालिन्थे । यो प्रकृया अव्यवहारिक, कमजोर र महँगो हुनाले सम्पूर्ण नेपाली जनतालाई तिब्बतीे मुक्ति संघर्षको मूल प्रवाहमा जोड्न भारतको भूमिलाई तालिम केन्द्र बनाएर नेपालमा माओवादी विद्रोह मार्पmत चीन विरुद्धको सैन्य हमलाको तैयारी र हिन्दु राजाको सट्टा दलाई लामाको कार्यालय नेपालमा स्थापना गर्न नेपालमा जातीय राजनीतिको षड्यन्त्र यस प्रकार उदय भएको थियो ।

The Nepalese government made little effort to exercise any control beyond posting a small cantonment of miserable soldiers at Jomsom. (Pg-238)

By the early autumn Gyen Yeshe was overwhelmed with more than 2,000 recruits ready to fight but in need of food and arms. The CIA thus found itself stuck with a sizable problem and no ready solution. What was supposed to have been a covert operation was now an open secret throughout the Himalayas. The plan calling for a series of carefully contained movements on a tightly controlled schedule was irrelevant. (Pg-242)

दक्षिणको देश (भारत)लाई यस चीन विरोधी गतिविधिमा फसाइएको संकेत निम्न हरफबाट प्रष्ट हुन्छ:

While the first drop had been made with the understanding that the men would use the arms to establish themselves inside Tibet, their reluctance to give up their safe haven in Nepal was not surprising. This was to be a running controversy between CIA and Gyen Yeshe that………….But in response to………..Kennedy agreed that all future drops had to be made with Indian approval.

उक्त अन्तिम वाक्यले प्रष्ट पार्दछ कि यस गतिविधिमा अमेरिकाले भारतको साथ लिएर नेपालमा चीन विरोधी काम गर्न शुरु गरेको थियो । चीन विरोधी संघर्षको रणनीति चीनको सरकारलाई थाहा भए पनि अमेरिकाले भारतको सहयोग लिई नेपालको तत्कालीन सत्तामाथि प्रहार शुरु गर्यो र नेपाली भूमिभित्रबाट तिब्बतीको युद्धमा नेपालीलाई जनयुद्धको नामले फरक निहुँमा विद्रोहमा उचाल्यो । नेपालमा दलाई लामाको स्थापित संघर्षस्थलका रुपमा परिणत गर्न खाम्पा विद्रोहलाई साथ नदिने राजा वीरेन्द्रलाई वंशनाश हुने गरी हत्या गरिएको पुष्टि हुन्छ । नेपालको धमिलो पानीमा थप माछा मार्ने आसमा UNMIN ले पटक पटक म्याद थप्नुको कारण प्रष्ट छ – एशियामा युद्धको शुरुवात । तथापी चीन र भारतले पछि खतरा महसुस गरे र यसको समाधान पनि आंशिक रुपमा भयो । धर्म निरपेक्ष नेपालमा अहिले इसाई शक्ति राष्ट्रवाद भित्र पनि छिरेर काम गरिरहेका छन् । घाँस जस्तै हरियो सर्प भएर । मूलतः नेपालको इतिहासमा भएको १० वर्षे रक्तिम युद्ध माओको मुखौटा लगाई (CIA) द्वारा रचिएको एसिया कब्जा गर्ने Mission to Shangrila रचिएको थियो । माओवादीको योङ कम्यूनिष्ट लिग (YCL) लाई योङ क्रिश्चियन लिगमा रुपान्तरण गर्ने रणनीति समेत रहेको पाइन्छ । यसको दीर्घकालीन उद्धेश्य उत्तरतर्फ चीन समाप्त पार्ने र सँगसँगै दक्षिणको शक्ति भारतलाई समाप्त पार्ने र नेपाललाई एशियामा युद्धको आधारभूमि (base)  बनाउने थियो ।

दोस्रो कोतपर्व 
नेपालमा इसाई मिसनले सन् १७०० बाटै काठमाडौं केन्द्रित गतिविधि प्रारम्भ गरेको प्रामाणिक इतिहास देखिएता पनि सन् १६०२ मा भारत आगराका राजा अकबरको दरबार सँगै सम्बन्धित गोवाको जिसियटद्वारा उत्तरतर्फको पहाडी भेग–निशाना बनाउने लक्ष्यको थालनी भैसकेको थियो । उनीहरुले पर्चुगेली बेन्टोलाई यो जिम्मेवारी सुम्पेका थिए । अभियान यात्राको क्रममा तुर्किस्तान पार गरिसकेपछि उनको नजर तिब्बततर्फ लागेको थियो ।

पछि, नेपालमा क्यापुचिन मिसन १७१५ को जनवरीबाट प्रारम्भ भएको थियो । तिनीहरुले पाटन र भक्तपुरमा स्वास्थ्य केन्द्र चलाएर गतिविधि प्रारम्भ गर्दै आएका थिए । मुलतः इसाईकरण अभियानमा मिसिनेरी शिक्षा र स्वास्थ्य सेवालाई माध्यम बनाउने शैली विश्वव्यापी रुपमा उनीहरुले आजसम्म अपनाउने गरेका छन् ।

पाश्चात्य मेडिकल विद्या र इसाई प्रार्थना अशान्ति, मनोरोगमा तन्त्रलाई विस्थापित गर्ने उद्धेश्यले हुँदै आएको छ । शरीरका रोगहरुमा जडिबुटीको सट्टा पश्चिमा शैलीका रसायनिक ट्याब्लेट साम्राज्यवादीद्वारा भित्र्याए । यस्ता स्वास्थ्य केन्द्र पछि अस्पतालका रुपमा परिणत हुँदै जाने गर्दछन् । मुलतः पाश्चात्य स्वास्थ्य प्रणाली र इसाई प्रार्थनाले यहाँको रैथाने एवं आयूर्वेदिक स्वास्थ्य, संस्कृति परम्परा, मानसिक, मनोवैज्ञानिक र दैवीय क्षेत्रभित्र पर्ने धामी, झाँक्री, गुभाजु प्रणालीलाई समाप्त गर्दै भौतिक र दैवीय क्षेत्रमा वर्चश्व स्थापित गर्नु इसाईत्वको लक्ष्य हो । आजभोलि पत्रपत्रिका र सञ्चार माध्यममा छाउपडी प्रथा, छुवाछुत, धामी, झाँक्री, झुमा प्रथा, कुमारी प्रथा, देवकी प्रथा, किरिया अवधि, विवाह, पञ्चाङ्ग आदिलाई विवादित र अन्धविश्वासको रुपमा चित्रण गरी वैचारिक प्रहार हुँदै आएका छन् । तर चर्च भित्रका इसाइत्व सम्बन्धी समस्या, कुसंस्कार, कुविचार, अन्धविश्वास, दर्शन, व्यवहार र अत्याचारका कुरा समाचारको रुपमा आएको देखिंदैन । यसरी रैथाने संस्कार, पूर्वीय सभ्यता र संस्कृतिको बदनाम गराउन डलर, यूरोको प्रायोजित अभियान बढ्दो छ । यहाँ पत्रकार बुद्धिजीविका निकाय पनि पैसाको प्रलोभनमा इसाईका मानसिक वेश्यालय बनेका छन् । यो चर्चा अहिले यतै छोडौँ ।

अंग्रेजसित मिलेका राणाहरुले २०० जना होनहार राष्ट्रवादीहरुको (कोतपर्व) हत्या पछि जङ्गबहादुरको उदय भएको थियो । नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थापना पछि पश्चिमा यहाँ षड्यन्त्र पछि तीव्र हुँदै गयो । क्यापुचिनहरुको कुरा गर्दा नेपाल मिसनमा इटालीको रोमबाट पठाइएका तीन जनाको नाम थियो जोसेफ फेलिक्स, फ्रान्सिस होरेस र जोन फ्रान्सिस । राजा जगतजय मल्लले दान गरेको घरमा तिनीहरु बस्दथे । स्वास्थ्य उपचारका निम्ति स्थानीय जनता तिनीहरुलाई भेट्ने गर्दथे । काठमाडौं उपत्यकामा वडामहाराज पृथ्वीनारायण शाहको विजय पश्चात नेपालमा धर्मान्तराण गरिएका नेपाली इसाई परिवार ब्रिटिश इसाई परिवार, ब्रिटिश इण्डियाको बिहार (बेतीया) मा गई बस्न बाध्य भएका थिए । पृथ्वीनारायण शाहको दूरदर्शिताका कारण नेपालमा इसाई  अभियान कालान्तरमा अघि बढ्न सकेन । तसर्थ, इसाई साम्राज्यवादबाट पछिका दिनमा नेपाल सुरक्षित र सार्वभौम रहन सफल रह््यो । भारत ब्रिटिश साम्राज्यवादका कारण गुलाम बनिसकेको अवस्थामा नेपाल एक सुरक्षित असल हिन्दुस्तानको रुपमा रहन सफल थियो । तथापी, इसाई साम्राज्यवादी शक्ति चुप लागेर बसेको थिएन । पृथ्वीनारायण शाहमाथि बदला लिन नसके पनि तिनका पछिल्ला पुस्ताप्रति उनीहरुको नजर गाडिरहेको थियो जुन पछि गएर राजा बिरेन्द्रको समयमा नारायणहिटी राजदरबार हत्याकाण्डको रुपमा परिणत भएको देखिन्छ । यसका लागि नेपाली सेना प्रयोग गरियो भारतलाई साक्षी राखेर । अर्जुन ज्ञवालीको वीरेन्द्र हत्याकाण्ड इसाई मिसन र नेपाली सेनाभित्र इसाई रिपोर्टले यो कुराको पुष्टि गरेको छ । सात समुन्द्रपारीबाट रचना गरिएको उक्त हत्याकाण्डलाई सोझा र अल्पज्ञ नेपाली जनतामाझ दीपेन्द्रले गरेको भनी नाटक रचेर लोकप्रिय बनाई थामथुम बनाइयो । पछि थप राजनीतिक संकट र अन्यौलमा अलमल्याएर नेपाली जनतालाई गुमराहमा राखीराख्न पाश्चात्य शक्ति सफल रहेको देखिन्छ । अमेरिकी आर्किटेक्ट बेन्जामिन पोक (Benjamin Polk) द्वारा डिजाइन गरिएको नारायणहिटी राजदबार वास्तुशास्त्रको नियम भन्दा उल्टो पारिएको थियो । आधुनिक कालको कोतपर्व यसप्रकार लामो श्रृङ्खला पछि दरबारभित्रै भयो । जीसियट सपथका यी हरफले हरेक देशका राष्ट्रवादीहरु विरुद्धमा यस्ता रक्तिम घटना बारे थप पुष्टि हुने गरेको पाइन्छ ।

के हो जिसियट शपथ ?
जिसियट सपथ मूलतः इसाई क्यापूचिनको मुलमन्त्र हो । रोमको भेटिकन केन्द्रिय निर्देशनमा सञ्चालित विश्व साम्राज्यवादको स्थापनामा खटिएका जिसियट पोप भन्दा मुनिका इसाई मिसनका अगुवा व्यक्तित्वहरु हुन् जो विश्वका सम्बन्धित राष्ट्र वा क्षेत्रीय परिवेशमा सर्वोच्च सुपरिवेक्षक, निर्देशक, अभियान्ता वा सूचनादाताका रुपमा शैक्षिक धार्मिक समाजसेवीका रुपमा छदमभेषी भै बस्ने, हिड्ने, काम गर्ने गर्दछन् । यिनीहरु इटालीको रोमबाट परिचालित हुन्छन् । सम्बन्धित मुलुकको सरकारबाट ससम्मान बस्न पाउने सुविधाका लागि अमेरिका, बेलायत, इटालीको दबाब सधैं साथ रहने गर्दछ । प्रभावशाली उच्च कूलीन वर्गमा पकड जमाउन उनका छोराछोरीलाई आफ्ना मिसन स्कूलमा राख्न प्रेरित गर्छन् । साथै आफ्नो कार्यथलो भएको राष्ट्रको केन्द्रीय सत्ता, नेतृत्व, राष्ट्रवादी विद्वान एवं प्रभावशाली व्यक्तित्वलाई तारो बनाउँछन् । तिनलाई शक्तिहीन बनाउँछन्, परिआएमा समाप्त पार्ने काममा संलग्न हुन्छन् । यो काम युरोप, दक्षिण अमेरिका, नेपाल, अफ्रिका, जापान, चीन, भारत लगायत सम्पूर्ण देशहरुमा हुँदै आएको पाइन्छ । यस कार्यका लागि वर्षौंदेखिको योजना बुन्ने गतिविधि चलेको हुन्छ । शपथ निकै लामो भए पनि यहाँ संक्षिप्त रुपमा केही अंशमात्र प्रस्तुत गरिएको छ :

The Jesuit Oath
I promise and declare, that I will, when opportunity presents, make and wage relentless war, secretly or openly, against all heretics, and liberals, as I am directed to do. I will extirpate and exterminate them from the face the whole earth, and that I will spare neither sex, age, nor condition, and that I will hang, waste, boil, strangle and bury alive these infamous heretics; rip up the stomachs and wombs of their women and crush their infant’s heads against the wall, in order to annihilate forever their execrable race.

That when the same cannot be done openly, I will secretly use the poison cup, the strangulation cord, the steel of the poniard, or the leaden bullet, regardless of the honor, rank, dignity or authority of the person, of persons whatsoever may be their condition in life, either public or private, as I at any time may be directed so to do by any agent of the Pope or superior of the Brotherhood of the Holy Faith of the Society of Jesus.

अर्थात् साथै म यो वाचा गर्दछु, घोषणा गर्दछु कि, जब अवसर मिल्नेछ म युद्ध रच्ने छु र अथक रुपमा मच्चाउने छु, छद्मभेषी गोप्य वा खुल्ला रुपमा, सबै झुठा (धर्मी) विरुद्ध साथै उदारवादीहरु विरुद्ध, जसरी निर्देशित छु म तिनिहरुलाई यस सम्पूर्ण पृथ्वीबाट समाप्त पार्नेछु, मेटाउने छु, जुन कार्य सफल पार्न कुनै लिङ्ग, उमेर वा अवस्थाको पर्वाह नगरी ती झुठाजनहरुलाई झुण्डयाउने छु, उम्लिरहेको पानीमा पकाउने छु, घाँटी अठ्याई मार्नेछु र जिउँदै गाड्नेछु । तिनका पेट (जिउँदै) चिर्नेछु साथै तिनका महिलाका गर्भाशयलाई पनि र तिनकका शीशुको टाउको पर्खालमा बजार्नेछु । ती तुच्छ जातिलाई मेटाउन म यी कार्य सम्पन्न गर्नेछु । (मध्यकालीन यूरोपको इतिहासमा यही भएको थियो, जसबाट सम्बन्धित आदिवासी र प्राचीन सभ्यताहरु समूल नष्ट भई तिनका सम्पत्ति लुटेर इसाईत्व स्थापित भयो ।चीनलाई कब्जा गर्न तिब्बतको खाम्पा विद्रोहलाई नेपाली भूमिमा गरिएको यो एक प्रयोग थियो जसमा १७ हजार नेपालीले ज्यान गुमाउनु पर्यो, लाखौ घरबार बिहिन भए, लाखौँ पलायन भए, ठूलो धनराशीको क्षति भयो । यसको जिम्मेवारी इसाईत्व, अमेरिकी गुप्तचर एजेन्सी लगायत अमेरिका, बेलायत, यूरोपियन युनियनले लिनुपर्ने हुन्छ । यस योजनामा दक्षिणतर्फभारतलाई उचालिएको थियो भने अहिले मधेसलाई उचाल्ने र थेचार्ने गरिएको छ । 

 

यस्ता कार्य खुल्ला रुपमा गर्न नसकिएको खण्डमा, म गोप्य रुपमा विषको प्याला, बन्दुकको गोली प्रयोगमा ल्याउनेछु । ती व्यक्तिको पद, मान, ओहोदा, व्यक्तित्व र अधिकारिकताको कुनै पर्वाह नगरी, सार्वजनिक रुपमा वा व्यक्तिगत गोप्य रुपमा गर्ने छु जब कुनै उचित समयमा पोपको एजेन्ट वा इसाई तथा इसाई विश्वासीको समाजबाट कुनै उचित निर्देशन मिल्नेछ ।

Hosts of heaven, and to you my ghostly father, I declare from my heart, without mental reservation, that his Holiness Pope is Christ’s vicar general, and is the true and only head of the Catholic or universal church throughout the earth; and that by the virtue of the keys of binding and loosing given to his holiness by my Savior Jesus Christ, he hath power to depose heretical kings, princes, states, commonwealths, and governments, all being illegal, without his sacred confirmation, and that they may safely be destroyed; therefore, to the utmost of my power I shall and will defend this doctrine, and his holiness’s rights and customs against all usurpers of the heretical authority whatsoever.

यस हरफको अन्तिम भागमा भनिएको छ कि इसाई विश्वास भन्दा बाहेकका सबै झुठा राजाहरु, युवराजहरु, राज्यहरु र संघसंस्थाहरु तथा सरकारहरु अवैधानिक रहेकाले तिनलाई समाप्त पार्ने वचनवद्धता शपथमा व्यक्त गरिएको छ ।

इसाई धर्मका उपल्लो तहका मिसिनेरी जिसियटको यो अति गोप्य शपथ डा. एल्वर्टो रिभेराद्वारा लिखित र सन् १८४३ मा प्रकाशित सबटेरिनियन रोम (अर्थात् भूमिगत अवस्थाको रोम) नामक पुस्तक सार्वजनिक भएपछि २००० वर्षको साम्राज्यवादी इसाईको क्रुर अनुहारको मूलजरा पहिलोपल्ट भण्डाफोर हुन पुग्यो । तरपनि यति भयङ्कर कटु सत्य अझ विश्वमा धेरैलाई थाहा छैन ।

डा. एलबर्टो १९६७ मा जिसियट संगठन (Jesuit Order) बाट भागेपछि यस गोप्य सपथ (Induction Ceremony) उनले सार्वजनिक गरे । EIPS (European Institute of Protestant Studies) का लण्डन, न्यूयोर्क तथा अन्य स्थानमा पाइएका ५० भन्दा अधिक सन्दर्भ श्रोतहरुमा पनि उक्त सपथ पूर्ववत् उल्लेखित अवस्थमा प्रमाणित रहेको पाईन्छ ।

आङ सिरिङ्ग पार्ने इसाइत्वको यस सपथ सामान्यतया अति कठोर मानिसको मन पनि हल्लाउने प्रकृतिको छ । ओठमा प्रेमको सन्देश, प्रचार जपेर, हातमा बाईबल लिएर पछि पछि बन्दुक बोकेर शैतानका गालि बोकेर यिनीहरु किन आउँछन्, इसाई र पश्चिमा शक्ति पसेको स्थान र राष्ट्र किन अशान्त हुने गर्दछ, आदिबासी किन मासिन्छन्, यूएन पसेको देश किन टुक्रिन्छ, युद्ध चल्छ, सम्झाउन आवश्यक छैन । चाल्र्स डार्विनले भनेझै यूरोपियन पसेको देशका आदिवासीलाई मृत्युले पिछा गर्दछ भन्ने प्रश्नको जवाफ इतिहासमा प्रशस्तै छन् । शैतान कस्तो हुँदोरहेछ भन्ने कुरा यसै शपथले दर्शाउँछ । बादलपारी र पातालमूनि खोज्नु पर्दैन । यस इसाई शपथबारे थप जानकारी हासिल गर्न Jesuit Oath  शब्द Google search गर्दा पनि प्राप्त हुन्छ । शपथमा दोहोरो सम्वाद छ । निर्देशन र आज्ञाकारी वचनवद्धताका केही अंश :

Did you take an oath ?
Answer : I did, to destroy heretics and their governments and rulers, and to spare neither age, nor sex, nor condition; to be as corpse without any opinion or will of my own, but to implicitly obey my superiors in all thing without hesitation and murmuring.

अर्थात, म ती झुठाजनका सरकार र शासक समाप्त पार्न कुनै व्यक्ति, उमेर, लिङ्ग, अवस्थाको म पर्वाह गर्नेछैन । जसरी एउटा मुर्दा (वा लास) को कुनै निर्णय हुँदैन सम्पूर्ण कार्य मेरो अग्रजको आदेश अनुसार गुनासो नगरी सम्पन्न गर्नेछु ।

Go ye, then, into all the world and take possession of all lands in the name of the Pope. He who will not accept him as the Vicar of Jesus and his Vice-Regent of earth, let him be accursed and exterminated.

आदेश – जाउ ! तिमीहरु विश्वभरी पैmलिदै सम्पूर्ण भूमीमाथि कब्जा जमाउ पोपको नाममा, जो जसले पोपलाई ईशा मसिहको उत्तराधिकारीका रुपमा मान्दैनन् तिनलाई दोषी ठहराउ र समाप्त पारिदेउ ।

असुरक्षित विश्व राजनीति र राष्ट्रवाद
सीआईए बनाम एशिया अनुसार विलियम आर कार्सनको “दि आर्मिज अफ इग्नोरेंस (द राइज आफ अमेरिकन इन्टेलिजेन्स एमपायर) एक महत्वपूर्ण पुस्तक मानिन्छ । यस पुस्तकमा कार्सनले लेखेका छन् कि सन् १९५० को दशकमा सीआईएमा कर्णेल पैशको निर्देशनमा एक सानो यूनिट थियो जसको काम राजनीतिज्ञको हत्या र अपहरणकको इंतजाम गर्ने थियो । एशियाका नेता नामक एक अपरेशनको योजना बुनिएको थियो । जसमा बांदुङ सम्मेलनको अन्तिम प्रीतिभोजको अवसरमा चाउ एन लाईको खानामा एक प्रकारको पत्ता नलाग्ने प्रकारको विष मिलाउन एक स्थानीय एजेन्टको तयारी गर्नु रहेको खुलासा गरेका छन् । कार्सेनले क्यूवाली नेता फिडेल कास्ट्रोलाई हत्या गर्ने “मंगूस” योजनाको खुलासा पनि उक्त पुस्तकमा गरेका छन् । सीआइएका यस्तै प्रकारका घृणित चालको केही संक्षिप्त सूचि यहाँ प्रस्तुत छन् :

  • १९५४ ग्वाटेमालामा सत्ता–परिवर्तन र राष्ट्रपति हाकोबले आवे्रसकोलाई सत्ताच्यूत गरिएको ।
  • १९५९ श्रीलंकामा प्रधानमन्त्री सोलोमन भंडारनायकेको हत्या ।
  • १९६१ कांगोको प्रधानमन्त्री पैट्रिसि लुमुवाको हत्या ।
  • १९६६ घानाको राष्ट्रपति क्वोमको सत्ताच्यूत ।
  • १९६७ बोलिभियाका ल्याटिन अमेरिकी क्रान्तिकारी चे गेवाराको हत्या ।
  • १९६९ मोजविंक मुक्ति मोर्चा (फ्रेलिमो) को अध्यक्ष एदुआर्दो मोदलाउने को हत्या ।
  • १९७३ गिनी तथा केप दीप समुहका अफ्रिकी स्वतन्त्रता पार्टीका महामंत्री अमिल्कारको हत्या ।
  • १९७३ चिलिको सत्ता परिवर्तन र राष्ट्रपति सल्वादोरको हत्या ।
  • १९७४ अलयेदे सरकारमा गृहमंत्री रहेका जनरल कार्लोस फ्रान्सको हत्या ।
  • १९७५ प्रगतिशिल केनियाई राजनीतिक नेता जोसिआ करीउकीको हत्या ।
  • १९७५ लाइबेरियाको वित्तमंत्री र राष्ट्रपति विलियम टँलबर्टको भाई स्टीफन टँलबर्टको हत्या ।
  • १९७३ अलयेंदे सरकारमा मंत्री भैसकेका चिलीका नेता ओर्लादो लेतलियेरको हत्या ।
  • १९७७ काँगो लोक गणराज्यको राष्ट्रपति मारिएन न्गूआबकिको हत्या ।
  • १९८१ पनामा नेशनल गार्डको कमाण्डर इन चीफ जनरल ओमार तोरिखोसको हत्या षड्यन्त्र ।
  • १९८३ ग्रेनाडाको प्रधानमन्त्री मोरिस विशपको हत्या र ग्रेनाडामा आक्रमण

(सीआईए बनाम एशिया पृष्ठ ६९–७०)

यस्ता अनेक रक्तिम षड्यन्त्रमा सीआईएको परोक्ष प्रत्यक्ष भूमिका रहेकोबारे थाहा लाग्छ । तर अधिकांश एशियाली राष्ट्रमा सीआईए, पश्चिमा राजनीति र इसाई प्रभावका कारण कठपुतली बन्दै गएको सरकार, समाज, संयन्त्र, राजनीति आदिले गर्दा व्यक्तिहत्या र षड्यन्त्रहरुमा स्थानीय दलाल नै उपयोगमा ल्याउने गरिन्छ । तसर्थ, सीआइए पर्दा पछाडि सधैं ओभानो रहन्छ । आपसमा फुटाएर लडाउँदा षड्यन्त्रकारीले सानो प्रयास र प्रलोभनबाट सजिलै काम गर्न सक्ने अवसर मिलेको हुन्छ ।

भारतमा इन्दिरा गान्धी होस् वा राजीव गान्धी यस्ता घटनामा सीआइएको प्रत्यक्ष परोक्ष संलग्नता रहेको पुष्टि हुन्छ । विश्वका पृथकतावादी आन्दोलन र क्रान्तिमा सीआईए, पश्चिमा शक्ति र इसाईत्वले मिलिजुली काम गर्ने र केन्द्रीय सरकार ढाल्ने कसरत अविरल रुपमा चल्ने गर्दछन् । भारतका भूतपूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र राजीव गान्धी दुवै पृथकतावादीहरुको शिकार हुन पर्यो । एक तामिल पृथकतावादी “एल्टिटिई” र अर्को पञ्जाब खालिस्थानको माग गर्नेहरुबाट । जबकी यी दुवै समूह भारतीय मूलका थिए र दुवै पृथकतावादी आन्दोलनमा पश्चिमाको हस्तक्षेप थियो ।

लगभग २०० वर्षको अंग्रेज उपनिवेशिक शासन भोग्दै आउनाले भारत अझै पनि पश्चिमाले लाद्दै आएको राजनीतिमा चल्दा आफ्नो शक्ति र सम्बन्ध (आन्तरिक र विदेशनीति) कमजोर र फिका हुँदै गएको छ । यस घाटाको फाइदा पश्चिमालाई भैरहेको छ । भारतलाई र चीनलाई खतरा बढ्दो छ । नेपालकै कुरा गर्ने हो भने पनि यहाँको राष्ट्रवादी शक्ति र राष्ट्रियताको नाश गर्दा फाइदा पश्चिमा शक्ति र इसाईत्वलाई भैरहेको छ । खुट्टामा रोग लाग्यो भने असर शीरसम्म हुन्छ भने शीरमै रोग लाग्यो भने सिङ्गो शरीर समाप्त हुन सक्छ भन्ने कुरा भारतले बुझ्न नसक्नु विगतको उपनिवेशिक शासनको प्रभाव (सिन्ड्रोम) हो । नेपालको अखण्डता समाप्त हुँदा अंग्रेजको बे्रकिङ इण्डिया डिजाईन सफल हुनेछ भनि बुझाई नजाग्नु स्वयं भारतको लागि आत्मघाती छ । जेम्स बण्ड ००७ हलिउड जासुसी चलचित्र हेर्दै हुर्केका यहाँका घना जनसंख्याले पनि देशका यस्ता समस्याहरु केलाएर बुभ्mनुपर्ने हुन्छ कि गोरा छालाभित्र पनि कति कालोपन हुन्छ । दुई बलिया छिमेकीको बीच रहँदा नेपाल सदा सुरक्षित छ । यी दुई मध्ये एक मात्र ढले भने सिङ्गो एशिया ढल्ने छ । यो कुरा पश्चिमाले राम्रोसँग बुझेको छ । तसर्थ, अबको युद्ध एशिया केन्द्रित छ । अतः पहिलो तारो चीन र दोस्रो तारो भारत बनाउन नेपाललाई आधारकेन्द्र बनाउने प्रयास जारी छ ।

विगतमा स्वतन्त्र भारतका प्रधानमन्त्रीहरु होउन् वा इराकका राष्ट्रपति सद्दाम हुसेनलाई जैविक हतियारको आरोपमा मृत्युदण्डद्वारा गरिएको हत्या होस् वा अमेरिकामा ओशोलाई जेलमा विष खुवाइएको घटना अथवा नेपालमा नारायणहिटी राजदरबार हत्याकाण्ड यी सबैमा पाश्चात्य शक्ति र सीआईएकै आड भरोसामा भए गरिएको भनि आजका बुद्धिजीवि वर्ग सहमत छन् ।

विगतको भारतमा अंग्रेजको उपनिवेशिक शासनमा भए गरेका घृणित दमन, षड्यन्त्र, हत्या र नरसंहारले धेरै कुरा प्रष्ट हुन्छ । अंग्रेजद्वारा गरिएको भारतका राष्ट्रवादी, स्वाभिमानी, स्वतन्त्र, उच्च नैतिक बल भएका राष्ट्रवादी व्यक्तित्वहरुको हत्या र अत्याचार सम्बन्धि संक्षिप्त पुनः स्मरण :

  • मंगल पाण्डे, ८ अप्रिल १८५७ मा मृत्युदण्ड ।
  • रानी लक्ष्मिबाई, २३ वर्षको कलिलो उमेरमा अंग्रेज फौजको हमलाका कारण १८ जुन १८५८ मा मृत्यु ।
  • तातिय तोप, ८ अप्रिल १८५९ मा अंग्रेजद्वारा मृत्युदण्ड ।
  • दामोदर एवं बालकृष्ण, १८ अप्रिल १८९८ मा फाँसी दिई मारियो ।
  • भग जतिन, १० सितम्बर १९१५ मा मारिए । आदि अन्त्यहीन श्रृङ्खला…..

वर्तमान नेपालीहरु सर्वत्र असुरक्षित
वर्तमान नेपालभित्र र नेपाल बाहिरका नेपालीहरुको जीवन कष्टप्रद एवं चुनौतिपूर्ण मात्र नभै उनीहरु असुरक्षित भविष्य जिउन बाध्य बन्दै गएका छन् । नेपाली घरपरिवारमा इसाई हस्तक्षेप र षड्यन्त्र गरिबी, अभाव, बेरोजगारी, चेतनाको कमी आदि कारणले आधार बन्दछ । घरमुली, घरपरिवार र गाउँ छोडि जीविकाका लागि अन्यत्रै जानुपर्ने बाध्यताका कारण शहरबजारमा हुने खाने, सम्पन्न, कुलीनप्राज्ञ, विद्धान, सत्ता र शक्ति केन्द्रमा रहेका व्यक्तित्वहरुमा इसाईत्वको धार सम्मिश्रण गर्न अथवा केन्द्रीय प्रभाव पकड सुदृढ पार्ने हस्तक्षेप नेपालमा तीव्र हुँदैछ । समर्थवान नेपालीका घरपरिवार, संघसंस्था र परिवेशमा इसाई अधिकार लोकप्रिय एवं प्रभावकारी बनाई ठूलो जमातमा वचशर््व विकास गर्न आपसी फूट र षड्यन्त्र रच्दै प्रतिभाशाली, योग्य एवं शक्तिशाली नेपाली व्यक्तित्व पत्तो नपाईकन इसाई नाकाबन्दी, घेरावन्दीमा पर्ने मर्ने गर्दछन् ।

घरमुली बाहिर रहेका नेपाली घर परिवारलाई लक्षित गरी चल्ने इसाई मिसन एकातर्फ छँदैछ । अर्कोतर्फ विदेशिने नेपालीमाझ ईसाईकरण अभियानमा इसाई संस्थागत अभियान एकाइसौँ शताब्दीका लागि नेपालीहरु माझ अर्को दुर्भाग्यपूर्ण चुनौती छ । पश्चिमा राष्ट्रको अर्थतन्त्र खस्किदै गाएको अवस्थामा वर्तमान इसाई रणनीति धर्मान्तरित एवं पीडित पक्षकै पैतृक सम्पत्ति ब्राह्मलुट गरी इसाई अभियानमा लगानी गर्न प्रारम्भ गरिएको छ ।

Dr. Valerie M. Inchley द्वारा लिखित विदेशिएका नेपालीमाझ इसाईकरणको रणनीतिक उद्देश्य पूर्तिका लागि तयार भएको पुस्तक The Nepali Diaspora (एकताद्वारा प्रकाशित) मा उनी लेख्छिन् – नेपाल एक मानव निर्यात गर्ने राष्ट्र हो । चाहे विदेशी सेना होस् वा मजदुरीको लागि होस अथवा विदेश अध्ययनको निम्ति होस्, विदेशिएका नेपालीहरु माझ इसाईकरण गर्ने उद्देश्यले जन्माइएका इसाई संघ, संस्था, अभियान र राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्जालहरुका केही उदाहरण ः

  • Pravasi Nepali Coordination Committee (PNCC)
  • Worker’s Rehabilitation Center (WOREC)
  • People’s Forum
  • Paurakhi
  • Arheiterwohlfahrt or workers welfare (AWO International)
  • National Network on Safe Migration (NNSM)
  • Nepali Pravasi Ekta Sanjaal (NEMUN)

आदि ।

प्रवासी नेपालीहरु माझ सहयोग गर्ने उद्देश्य र प्रकृतिका नामधारी यस्ता संघसंस्थाको उद्देश्य विदेशिएका नेपालीहरु माझ धर्मान्तरणको लक्ष्य रहेको छ । इसाई र मुसलमान राष्ट्रमा विदेशिएका नेपालीमा यसप्रकार एड्स रोग भन्दा खतरनाक धार्मिक संक्रमण अझ बढ्दो छ । विदेशबाट फर्किएका नेपालीहरु माझ यसले सामाजिक पारिवारिक रुपमा विकराल समस्या उत्पन्न गराईरहेको छ जसको कुनै लेखाजोखा छैन । अर्कोतर्फ गाउँघरमै रहेका उनका परिवार माझ स्वदेशमा इसाईकरणको हमला घरदैलो कार्यक्रम, स्वास्थ्य सेवा, शिक्षा, आर्थिक प्रलोभन आदि मार्पmत पारिवारिक, एकता सद्भाव, धर्मसंस्कृति र सद्भाव निरन्तर ध्वस्त पारिने गरिन्छ । नेपालमा रहेका परिवार धर्मान्तरण भई चर्च जान थालेपछि विदेशबाट आउने रगत पसिनाको कमाई चर्चले सोहोर्ने गर्दछ, धन र घरधनी दुवैलाई ।

धर्मान्तरणले कूलायन धर्मपरम्परा, पितृ, कूलदेवताको आस्था, स्वधर्म आदि नष्ट हुँदा उक्त परिवार दैवीय पक्षबाट समेत अस्तव्यस्थ र द्वन्द्वग्रस्त अवस्थामा पुग्ने गर्दछ । यसबाट उत्पन्न हरेक संकटमा इसाईपक्षले आफ्नो मनोवैज्ञानिक पासो अझ बलियो बनाउने अवसर प्राप्त गर्दछन् । (कूलायन परम्परा कति जटिल छ भन्नेबारे यहाँ वर्णन गर्न सम्भव छैन ।

विदेशिएका नेपालीहरुले गीता, रामायण, चण्डी पाठ, स्तोत्रपाठ पूजा, सत्सङ्ग उपासना आदि संस्कारको अभाव र परिवेशमा बाइबल, चर्च र इसाई सेवा र प्रार्थनामा फस्न बाध्य हुन्छन् । विदेशिएका र नेपालभित्रका नेपालीहरुलाई यस्ता संस्थाले इसाईकरणका सम्पूर्ण सूत्र बाईबलमा आधारित यस्ता अध्यायलाई उपयोग गरि प्रशिक्षण गर्ने गर्दछन् र नेपालमा रहेका परिवारमा तीव्र धर्मान्तरण गर्ने गर्दछन् ।

मूलतः नेपालको इतिहासमा भएको १० वर्षे रक्तिम युद्ध माओको मुखौटा लगाई सीआइएद्वारा रचिएको एसिया कब्जा गर्ने ‘मिशन टु सांग्रिला’ रचिएको थियो । माओवादीको योङ कम्यूनिष्ट लिग वाइसीएललाई योङ क्रिश्चियन लिगमा रुपान्तरण गर्ने रणनीति थियो । 

१) प्रवासीको सन्दर्भमा (Diaspora)-Genesis 15:13
२) फिर्ती आगमन (Returnees) -Ruth 4:3
३) गैर आवसीय नेपाली (Non-Resident Nepali) – Philippians 3:20
४) विद्यार्थी तथा व्यवसायी (Students and professionals) – Daniel 1:36
५) गोर्खा सेना (Gurkhas)- Act: 10
६) अभिलेखविहिन आप्रवासी (Undocumented Migrants)- Exodus 12:38
७) शरणार्थी (Asylum Seekers and Refugee)- Matthew 2:13
८) जातीय संहार / (Ethnic Cleansing)- Isaiah
९) महिला आप्रवासी (Female Migrants)- 2 Kings : 5-2

Dr. Valerie M Inchley द्वारा लिखित मिसन केन्द्रित पुस्तक The Nepali Diaspora को एक सिङ्गो अग्रपृष्ठमा बडेमानको अक्षरमा “नेपाली र आलु जहाँ पनि पाइन्छन् ” उल्लेख गरेकी छिन् जसले नेपालीलाई सस्तो र आफ्नो अनुकुलता परिवर्तन गरी उपयोग गर्न सकिने आकार विहिन तुच्छ वस्तु आलुसँग तुलना गर्न खोजेको बुझिन्छ । यस प्रकार आलु नाम दिएर नेपालीलाई अपमान गर्दा पनि सहनशीलताको पराकाष्ट देखाउने नेपालीलाई सोझा भन्ने कि के भन्ने ? !

श्रृङ्खलाबद्ध धर्मान्तरण 
नेपाल र नेपालीहरु माझ इसाई एवं पश्चिमा शक्ति मूलतः इसाईकरण र सत्ताकब्जाको उद्देश्यमा केन्द्रित छ । यस उद्देश्य प्राप्तिको लागि यिनीहरुले सम्पूर्ण शक्ति र षड्यन्त्र प्रयोग गर्ने गरेको पाइन्छ । वि.सं. २०४६ देखि नेपालमा इसाईकरणको रक्तिम रुवाण्डा शैलीको प्रयासमा १० वर्षे सशस्त्र द्वन्द्वकाल पाश्चात्य शक्तिद्धारा सृजित गरिएको अब सर्वत्र अवगत भैसकेको छ । चीनलाई कब्जा गर्न तिब्बतको खाम्पा विद्रोहलाई नेपाली भूमिमा गरिएको यो एक प्रयोग थियो जसमा १७ हजार नेपालीले ज्यान गुमाउनु पर्यो, लाखौ घरबार बिहिन भए, लाखौँ पलायन भए, ठूलो धनराशीको क्षति भयो । यसको जिम्मेवारी इसाईत्व, अमेरिकी गुप्तचर एजेन्सी लगायत अमेरिका, बेलायत, यूरोपियन युनियनले लिनुपर्ने हुन्छ । यस योजनामा दक्षिणतर्फ भारतलाई उचालिएको थियो भने अहिले मधेसलाई उचाल्ने र थेचार्ने गरिएको छ । यस प्रकारको उचाल्ने पछार्ने राजनीतिलाई क्विजलिङ भनिन्छ जुन बहुदल प्रणालीमा निकै उपयोगी सिद्ध भयो ।

द्वन्द्वकालमा इसाई, चर्च, इसाई अभियान, इसाई धर्मगुरु र विदेशी नागरिक कोहीलाई पनि समस्या भएन । यिनीहरु मारिएनन्, यिनीहरुलाई कुनै असजिलो भएन । सारा कारवाही हिन्दु धर्म, हिन्दुधर्मगुरु, पुजारी पुरोहित, हिन्दू घरपरिवार, किरियापुत्री, हिन्दु संघसंस्था, हिन्दु संस्कार संस्कृति परम्परा र प्रणाली विरुद्ध जनयुद्ध लक्षित थियो । यस क्रममा वाचन शिरोमणी नारायणप्रसाद पोखरेलको सप्ताह अवधिमा सप्ताह स्थलमै गोली हानी रक्तिम ढङ्गले मारिए । यो जघन्य कार्यको निर्देशन नेपाली मूलका माओवादीले गरेका थिएनन् न त भारतका हिन्दु मुलका कुनै समुहले । इसाई निर्देशनमा यो हत्या भएको थियो । धार्मिक शैलीले सामाजिक सेवाका कार्यक्रमलाई सम्पूर्ण नेपाली जातजातिलाई समावेश गर्दै राष्ट्र विकासमा अगाडि बढेका पण्डित नारायण प्रसादको अन्त्य यसरी हुनेछ भनेर कसैले सोचेका थिएनन् । यसै गरी विश्व हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको बीरगञ्जमा बाटोमा यात्रा गरिरहेको अवस्थामा गोली हानेर मारियो । पोखरा भलाम स्थित आत्मनन्द गिरीको आश्रममा गिरी थरका दशनामी पुजारी र बाछेबुढुवा स्थित मन्दिरका ब्राम्ह्ण पुजारी दुवैको एकै दिन, एकै समय, एकै प्रकृतिले मन्दिरमा मारियो (ढुङ्गाले टाउको थिचेर) । यसै समयमा काठमाडौंमा बसोबास गर्ने (पोखरा घर भएका गिरी परिवारको) हिन्दु सनातन धर्म संस्कृतिमा समर्पित एक यूवाको दुःख गरी एक्लै काठमाडौंको डेरामा सुत्केरी श्रीमती र नवजात शीशु स्याहार गरी बसेको अवस्थामा इसाई संस्थासँग सम्बन्धित (लेप्रोसी मिशन र एक विदेशी आँखा अस्पताल) दलालको प्रायोजकत्वमा फिल्मी गुण्डागर्दी शैलीमा अपहरण गरियो जसमा उनका सोझासादा आफन्तहरु कै प्रयोग गरिएको थियो । यद्यपी, तीन दिन पछि यस षड्यन्त्रबाट उक्त परिवार उम्किन सफल भयो । उक्त केटाको परिवार, स्वजन, जाती र गाउँमा इसाईकरण अभियान तीव्र पार्न सो परिवारको पैतृक सम्पत्ति कब्जा गर्न पारिवारिक फूट र षड्यन्त्र रचिएको थियो । द्वन्द्वकालमा किरियास्थलमा बसेका किरियापुत्री लगायत पाटीमा बास बसेका अनेकौँ जोगी सन्यासीको हत्या भएको थियो । यस्ता कैयौं तथ्यहरु समाचारमा आएनन् । यी घटनाहरु भन्दा केही वर्ष अघि लोकप्रिय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई लक्षित गरिएको चितवनको दासढुङ्गा दुर्घटनाकाण्ड सधैंको लागि रहस्यपूर्ण राखियो । नेपालको द्वन्द्वकालमा कुनै बाईबल जलाइएनन् । तर संस्कृत विषयका प्रश्नपत्र जलाइयो । संस्कृत भाषालाई पाठ्यक्रमबाट हटाइयो । नेपालको एक मात्र संस्कृत विश्व विद्यालयमा रहेका महत्वपूर्ण प्राचीन शास्त्रहरु संग्रहीत पुस्तकालय जलाएर खरानीमा परिणत गरियो । (पछिल्लो समयमा संस्कृतग्राम र संस्कृत भाषाका अभियान्ता आर्य समाजी जनार्धन घिमिरेको सपरिवार दुर्घटना र उनको अस्पतालमा उपचारार्थ अवस्थामा अस्पतालको लापरवाही ढङ्गबाट रहस्यमी मृत्यु पनि सिलसिलाबद्ध षड्यन्त्र थियो भन्ने बारे धेरै विद्वान सहमत छन् । विगतमा आर्य समाजी सहिद शुक्रराज शास्त्रीलाई पनि अंग्रेज समर्थक राणाहरुले मृत्युदण्ड दिएका थिए ।) राजसंस्था हटाइए पछि हिन्दु राष्ट्र हटाइयो । राष्ट्रलाई टुक्रा टुक्रामा, जातिजातिमा टुक्र्याउने कार्य असफल भएपछि मधेस र मधेसी जनताको अधिकारको नाममा दक्षिण सुडानको उदाहरण नेपालभित्र जन्माउन खोजियो । पश्चिमा बुद्धि र लगानीको आडमा यी सबै दशकौं लामो सञ्जाल र शताब्दीऔं देखि चलेको इसाई कुटनीतिक अभियानका सुनियोजित पक्ष हुन् । नेपालमा युरोपियन मिसन सिद्ध गरी एशियामा इसाईत्व प्रवद्र्धन गरी पाश्चात्य साम्राज्य स्थापित गर्ने उद्धेश्यबाट प्रेरित रोम र वाशिंटन केन्द्रित निर्देशनका यी परिणामहरु नेपालीले अब सजिलै बिर्सने छैनन् । सबै इतिहासमा लेखिने छन् । पर्दा पछाडिका अपराधी क्रमशः चिनिने छन् ।

आम नेपाली जनताको चासो नेपालको सार्वभौमसत्ता, वैदिक सनातन संस्कृति, शान्ति, समृद्धि र दक्षिण एशियामा स्थिरता नै प्रमुख हो । सत्ययुग देखिको तपोभूमि रक्षार्थ साधनारत यो देशको विरासत जोगाउनेहरु अरु कतिलाई पश्चिमाको वक्रदृष्टि लाग्ने हो भविष्यको नेपालमा चिन्ताको विषय यही हो । (प्रकाशोन्मुख पुस्तक ‘बाइबल र माओवाद’को पाँचौ संस्करणबाट) चक्रपथ 

 

Advertisment