प्रदेश २ मा भाषा विवादले उग्ररुप लिदै, संसादमा हिन्दी भाषामा भाषाण गरेको भन्दै फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइयो,

जनकपुरधाम, २३ माघ ।

प्रदेशसभा बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको भन्दै धनुषाको जनकपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइएको छ ।

स्थानीय युवाहरुले जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर जलाएका हुन् । माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।
यो सगै प्रदेश नम्बर दुईमा मातृभाषाको विवाद चर्किएको छ । स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् ।

पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो । मातृभाषामा नगरी हिन्दीमा संम्बोधन गरेकाले विरोध जनाएको स्थानीय युवक सुशील कर्णले बताए ।

Advertisment