कास्की । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ को वडा अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले गौप्रसाद गुरुङको सभापतित्वमा नयाँ गाउँ इकाई समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
चयन गरिएको नयाँ कार्यसमितिको उपसभापतिमा चेत बहादुर विश्वकर्मा र महिला उपसभापतिमा अस्मिता गुरुङ र सचिबमा हितु क्षेत्री रहनुभएको छ। अधिवेशनले कार्यसमितिका सदस्यहरुमा ढांटी गुरुड, देश प्रसाद गुरुड, प्रेम पुन, माया गुरुड, बिद्या परियार र बिनोद गुरुड साथै क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन गरेको छ।
चयन गरिएका क्षेत्रीय प्रतिनिधिहरूको नामावली:
१. क्षेत्रीय प्रतिनिधि (खुल्ला – ५ जना):
1. अर्जुन गुरुङ
2. विश्वमान गुरुङ
3. प्रेम बहादुर गुरुङ
4. राज बहादुर गुरुङ
5. सम्पूर्ण गुरुङ
२. समानुपातिक (६ जना):
1. चेत बहादुर बि.क.
2. किशोर कुमार गुरुङ
3. राजु गुरुङ
4. हरिश्चन्द्र पौडेल
5. श्याम लामिछाने
३. दलित (१ जना):
1. सुकमान कामी
४. प्रजातन्त्र सेनानी (१ जना):
1. चित्र बहादुर लेकाली गुरुङ
५. श्रमिक (१ जना):
1. गिरधारी पौडेल
६. विषय विज्ञ कृषि (१ जना):
1. मुक्ती मान गुरुङ
७. द्वन्द्व पीडित/परिवार (१ जना):
1. हितमान गुरुङ
८. महिला (खुल्ला – ३ जना):
1. ठाँटी गुरुङ
2. चन्दी गुरुङ
3. समुन्द्र थापा
९. अपाङ्गता (१ जना):
1. कुवेष गुरुङ
१०. युवा (३५ वर्ष मुनि – २ जना):
1. होम बहादुर आले
2. विनय गुरुङ / सुनिता गुरुङ
अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। नवनिर्वाचित सभापति गौप्रसाद गुरुङले संगठनलाई थप सुदृढ र गतिशील बनाउँदै वडाको विकासमा निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।




