सांसद हुन सर्वोच्चले रोकेका खतिवडा अर्थमन्त्री बन्ने निश्चित, के छ संविधानमा ?

 

काठमाडौं, १४ फागुन ।
नेकपा एमालेबाट सोमबार दुई मन्त्रीले मात्र सपथग्रहण गर्ने भएका छन् । एमालेका एक शीर्ष नेताका अनुसार महासचिव ईश्वर पोखरेल र डा। युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् ।
खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, महासचिव पोखरेलको मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् । यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्छ ।

Advertisment