जनता टेलिभिजनको ब्यूरो कार्यालय स्थापना

ओम हमाल

पोखरा २ जेठ २०७३ ।

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको प्रदेश नं। ४ स्तरको ब्यूरो कार्यालय शुभारम्भ भएको छ । ब्यूरो कार्यालयको आज एक समारोहका बीच प्रदेश नं। ४ का आर्थिक तथा योजना मन्त्री किरण गुरुङले गर्नुभयो ।

जनता टेलिभिजिनको ब्यूरो कार्यालयको शुभारम्भ गर्दै प्रदेश मन्त्री किरण गुरुङले प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउनका लागि आवश्यक सुझाव, सल्लाह र सहयोग गर्न सबैसँग आव्हान गर्नुभयो ।

प्रदेश नं। ४ लाई समृद्ध बनाउन पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री गुरुङले त्यसको पूर्वाधारहरु निर्माण गर्न प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो । नेपाल राज्यको बिस्तार प्रदेश नं। ४ बाट नै शुरु भएको दृष्टान्त अघि सार्दै वहाँले नेपालको सम्वृद्धि पनि प्रदेश नं। ४ बाट नै शुरु हुने जिकिर गर्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अहिले स्थानीय तह र प्रदेशको विकासका लागि देखिएका चुनौती र सम्भावनालाई ध्यान दिएर नागरिक केन्द्रीत भई जनप्रतिनिधिले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । मेयर जिसीले यदि अहिलेका जनप्रतिनिधिहरु असफल भ एभने नेपाल राज्य नै अुफल हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको बताउनुभयो ।

जनता प्रकाशन तथा प्रशारण संस्थाका अध्यक्ष डा। बिजयकुमार पौडेलले जनता टेलिभिजिनले सबै वर्ग र क्षेत्रलाई समेटेर कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेको जिकिर गर्नुभयो । वहाँले जनताद्वारा जनताका लागि समर्पित जनता टेलिभिजनलाई सबै प्रकारहको सहयोग र समर्थन गरिदिन आम व्यवसायी, उद्योगी, व्यापारी, विज्ञापनदाता, दर्शक र शुभेच्छुकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा जनता प्रकाशन तथा प्रसारण संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदी, विष्णु भट्टराई, जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।

Advertisment