विरेठाँटी मावीका विद्यार्थीलाई छात्रवृत्ति वितरण

 

भुपाल गुरुङ,
पोखरा ७ जेठ ।

कास्कीको अन्नपुर्ण गाँउपालीका वडानम्बर ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय कास्कीको सहयोगमा वितरण गरिएको माध्यमिक जेहेन्दार तर्फ ९ जना, दलित तर्फ ३५ जना छात्र र आधारभुत तह तर्फका ६० जना दलित छात्र र ४२ जना छात्राहरुलाई वितरण गरिएको हो ।

विद्यार्थीहरुले जेहेन्दार तर्फ नगद १७ सय, दलित छात्रले ५ सय र आधारभुत तर्फका दलित विद्यार्थी तथा छात्राले नगद ४ सय रुपैयाँका दरले नगद प्राप्त गरेका छन् । कार्यक्रममा चिन बहादुर पियारी गुरुङ प्रतिष्ठान र विरेठाँटी क्यानोनिङ्ग प्रालीले सयुक्त रुपमा करिव ५० हजार बराबरको स्टेशनरी सामान वितरण समेत गरेको छ । वितारण कार्यक्रममा बोल्दै चिन बहादुर पियारी गुरुङ प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले विद्यालयका विद्यार्थीहरुका लागि प्रतिष्ठानले गर्दै आएको सहयोगमा वृद्धि गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवम लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले विद्यार्थीको भविष्य देश संग जोडिने भन्दै शिक्षा प्रदान गर्न कुनै कन्जुस्याइ गर्न नहुने जिकिर गर्नुभयो । उहाँले विद्यालयको स्तरउन्नतिका लागि आफुँले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होसियार सिँह गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा अन्नपुर्ण गाँउपालीका ८ का वडाध्यक्ष विजय गुरुङले विद्यालयमा क्याम्पस संचालन गर्ने अभियानमा आफुँ रहेको भन्दै सबेको सहयोग आवश्यक रहेको औल्याउनुभयो । विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहप्रध्यानाध्यापक एकराज पौडेलले संचालन गर्नुभएको थियो ।

Advertisment