अशोक स्तम्भ पानीमा डुब्यो, तत्काल संरक्षण नभए सिंगों बौद्ध ईतिहासले धिक्कारर्ने !

मनोज श्रीवास्तव

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वार्ड ५ मा पर्ने पुरातात्विक स्थल गोटिहवाको महत्वपुर्ण अशोक स्तम्भ पानीमा डुबेको छ । पानीमा डुब्दा सिपेज भई साल्ट एक्सन हुदा क्षयीकरण हुन्छ । स्तम्भ हल्का फुक्का बलौटे ढुङ्गाको हो ।

‘पानीमा डुब्दा क्यापिलरी एक्सन हुन्छ’ वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले भने, ‘त्यसले ढुगालाई असर पु¥याउछ ।’ ढुगाले पानी सोस्छ उनले भने स्तम्भ कमजोर बनाउदै लगेकोछ । टुटने फुटने संभावना बढ्छ । तर संरक्षणमा ध्यान नदिदा कमजोर बन्दै गएकोछ । सरोकारवाला निकाय लुम्बिनी विकास कोष चुपचाप बसेकोछ स्थानीय हरिराम चौधरीले भने ।

स्तम्भले हरेक वर्षामा पानी खादै आएको छ । यो वर्ष पनि डुबानमा परेको छं । २ साता अघि वर्षाले डुबाएकोछ । ‘जमिनको सहत भन्दा स्तम्भ तल छ’ लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘पानी पर्दा साथ डुब्छ ।’

स्तम्भ भएको ठाउमा खाल्टो छ उनले भने । पानी जमेर स्तम्भ ३ फिट जति डुब्छ । बढी प¥र्यौ भने ५ फिट जति डुब्छ । स्तम्भको टुप्पो पनि देखिदैन् । स्तम्भ २ दशकबाटै डुब्दै आएकोछ । स्तम्भ करिब १० फिट ८ ईन्च लामोछ । ५ वर्ष अघि तलतिरको ५ फिट बढी भागमात्र संरक्षण गरिएको थियो ।

स्तम्भलाई जियोटेक्सटाईल कपडाले बेरे बालुवाले खाली च्याम्बरलाई पुरेर स्तम्भ संरक्षण गरिएको हो । माथीको भाग खुला छ । हावापानी घाम लिदै बसेकोछ । टहरो पनि छैन् । धुवाधुलोको प्रदुषणले कमजोर बनाउदै लगेकोछ । ‘तलको भाग त्यसैपनि सुरक्षित थियो’ स्थानीय वीरेन्द्र चौधरीले भने, ‘माथीको भागलाई सक्दो छिटो संरक्षण गर्नु पर्छ ।’ नभए मक्किएर जीर्ण भई ढल्छ । सिंगों बौद्ध ईतिहासले धिक्ककार छ उनले भने । त्यसै तत्काल संरक्षणको योजना बनाउन जरुरी छ ।

वर्षाका बेला स्तम्भ २÷३ महिना डुब्ने गर्छ । १÷२ दिन वर्षा हुना साथ डुब्न थाल्छ । जमिनको सतहसंग बराबर रहेकाले स्तम्भ डुब्ने गर्छ । पुरातत्व विभागसंग समन्वय गरेर संरक्षणको योजना बनाईरहेको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले बताए ।

गोटिहवा निक्कै महत्वपुर्ण स्थल हो । भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटन गर्न आउदा यहा आएका थिए । चिनोका रुपमा स्तम्भ बनाए । गोटिहवा भगवान बुद्ध भन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो । ‘त्यही भएर यस्तो महत्वपुर्ण स्थलको सम्राटले भ्रमण गरे’ अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘स्मरण गर्न चिनो राखे ।’ तर त्यही चिनोलाइ हामी संरक्षण गर्न नसक्नु दुःखत कुरा हो उनले भने ।

आज भन्दा १ हजार ७ सय ७० वर्ष अघि गोटिहवा अस्तित्वमा थियो वरिष्ठ पुरातत्वविद् विडारीले भने त्यत्तीखेर त्यहा स्तम्भ बनाईयो । तर अहिले विजोग छ । सम्राट अशोकको राज्याभिषेकको २० औं वर्षमा उक्त स्तम्भ बनाईएको थियो । अशोकले महत्वपुर्ण स्थल भएकाले नै यहा बाएका हुन् उनले भने । ठाउँको अन्तराष्ट्रिय महत्व स्थापित छ तर त्यसलाई हामीले बुझन सकेका छैनौ उनले भने ।

Advertisment