कास्की प्रहरीकाे सकृयता, जुवाखालबाट पक्राउ परेकाकाे यस्ताे छ बिवरण प्रहरीकाे बिज्ञप्ति सहित

जिल्ला प्रहरी कार्यालय कास्की

प्रेस बिज्ञप्ति

कास्कीमा  अपराध बिरुद्धको प्रहरी कार्बाही, समाज सुधारको अभियान । जुवा पक्राउ

1) दिनमा ४ स्थानबाट जुवा खेल्ने ३२ ब्यक्तिलाई नगद रु.७,२७,०५० सहित पक्राउ ।

1) मिति २०७६।६।२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २बिन्ध्यबासिनी स्थित अधिकारी  टोल स्थित राज बहादुर गुरुङंको घरमा अबैध रुपमा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटि गई खटिएको प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा ३ बुक तास र जुवातास खेल्ने खेलाउने समेत राज बहादुर गुरुङ सहित जना व्यक्तिहरुलाई नगद रु २९,९२०।-अक्षेरुपी ( उन्नतिस हजार नौ सय बिस रुपैया ) सहित पक्राउ गरी जुवा मुद्धा अन्तरगत म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
#मिति २०७६६।२६ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १३ काँहुखोला वुडुवा मार्ग स्थित बिष्णुमाया गुरुङको घरमा अबैध रुपमा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटि गई खटिएको प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा बु तास र जुवातास खेल्ने खेलाउने समेतबिष्णु माया गुरुङ सहित जना व्यक्तिहरुलाई नगद रु ४९,४६० अक्षेरुपी ( उनपचास हजार चार सय साठीरुपैया ) सहित पक्राउ गरी जुवा मुद्धा अन्तरगत म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
3) मिति २०७६।६।२६ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २ भैरवटोल भुपीमार्ग स्थित अशोक माईतिको डेरा कोठामा अबैध रुपमा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटि गई खटिएको प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा ३ बुक तास र जुवातास खेल्ने खेलाउने अशोक माईति सहित जना व्यक्तिहरुलाई नगद रु ३७,३४०– अक्षेरुपी ( सईतिस हजार तिन सय चालिस मात्र ) सहित पक्राउ गरीजुवा मुद्धा अन्तरगत म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
4) मिति २०७६।०४।२६ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १८  चालिसे स्थित जनक पराजुली समेतले संचालन गरेको Destination Green Home Stayमा संचालक नभएको अबस्थामा धुब्र बहादुर थापाले उक्त Home Stay जिम्मा लिई कौडा खेलाई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले कौडा खेली खेलाई रहेको अबस्थामा ३२ थान कौडार कौडा खेल्ने खेलाउने धुब्र बहादुर थापा समेत १५ जना व्यक्तिहरुलाई नगद रु ६,१०,३३०।- ( छ लाख दश हजार तिन सय तिस मात्र ) सहित पक्राउ गरी जुवा/कौडा मुद्धा अन्तरगत म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको साथै प्रहरीलाइ देखी धक्का दिई भाग्ने विमल देवकोटा लडी दाया खुट्टा फ्याक्चर भई हाल मेट्रोसिटि हस्पिटलमा उपचार हुदै । कौडा खेल्ने खेलाउने ब्यक्तिहरुलाइ नियन्त्रणमा लिने क्रममा  जना प्रहरी कर्मचारी घाईते भई उपचार पश्चात आज मिति २०७६।०६।२७ गते डिस्चार्ज भएक

(ख) तिन दिनमा मिटरमा जान नमान्ने ११० ट्याक्सी पक्राउ

नेपालीहरुको महान चाड बडा दशैको समयमा पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा मिटरमा नगई आफु खुसी जथाभाबि भाडा लिने तथा मिटर नै जडान नगरी आफु खुसी स्वईच्छाचारी किसिमले ट्याक्सी चलाउने ट्याक्सीहरु बिरुद्धको अभियान संचालन गरी तिन दिनमा ११० वटा ( मिति २०७६।०६।२५ गते जम्मा ५३ वटा,  मिति २०७६।०६।२६ गते २७  वटा र आज मिति २०७६।०६।२७ गते ३० वटा ) ट्याक्सीहरुको कागजपत्र नियन्त्रणमा लिई कानुन बमोजिम कार्बाही गरिएको ।

(ग) बढि भाडा लिने भाडाको बसलाइ नियन्त्रणमा लिई कार्बाही

नेपालीहरुको महान चार्ड बडा दशै मनाउन विभिन्न जिल्लामा जाने यात्रुहरु ठगिन नपाउने गरी जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकहरुमा तथा बढ्दो सवारी चाप हुने स्थानमा यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्ष को स्थापना गरी सेवा प्रदान गरिरहेको छ । यसै क्रममा बिच बाटोमा कुनै पनि यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई बार्गेनिङगर्ने प्रवृतिको नियन्त्रणको लागि सडक चेकीङ तथा सादा पोशाक समेतमा प्रहरी परिचालन गरी चेकिङ तथा अनुगमन गर्ने क्रममा आज मिति २०७६।०६।२६ गते मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको पोखराबाट काठमाण्डौ जाने यात्रुहरुलाई प्रचलित भाडा दर रेट रु. ४३० भन्दा बढी ( रु. ५००) लिने भाडाको सवारी ना. ४ ख. ३४४६ साधन, चालक र टिकट काउण्टरका कर्मचारी समेतलाई लाई पक्राउ गरी नियन्त्रणमा आज मिति २०७६।०६।२७ गते कालोबजारी तथा केही सामाजिक अपराध मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहको छ ।

(घ) ठुलो मात्रामा अबैध मदिरा नियन्त्रण

पोखरा महानगरपालिका काहुडाडा, कसेरी, काजिपोखरी र रानौपौवा लगायतका क्षेत्रहरुमा अबैध रुपमा मदिरा उत्पादनतथा बिक्रि बितरण भैरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले बिभिन्न व्यक्तिहरुको घर/ पसलबाट तयारी मदिरा २०० लिटर र कच्चा पदार्थ १,१०० लिटर गरी जम्मा १३०० लिटर मदिरा बरामद गरी अबैध रुपमा मदिरा उत्पादन तथा बेचबिखन गर्ने कार्यमा संग्लन व्यक्तिहरुलाई कानुन बमोजिम कार्बाहीको लागी पत्र सहित आन्तरीक राजश्व कार्यालय कास्कीमा पठाईएको ।

यस अगाडि पनि बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय कास्कीले यस प्रबृतिका गैरकानूनी कार्य गर्ने ब्यबसायीहरूलाई  पटक पटक अबैध मदिरा तथा कच्चा पदार्थ सहित पक्राउ गरी कारबाहीको दायरामा लिएको छ । यसरी यस आर्थिक बर्षको श्रावण-भाद्र महिनामा मात्र ८०० लिटर रक्सी, त्यसको कच्चा पदार्थ ५७६० लिटर र १६ के.जि. मादक पदार्थ तयार गर्ने पदार्थ ‘मर्चा’ समेत बरामद गरी संलग्नलाई आन्तरिक राजस्व कार्यालय कास्की मार्फत कारबाहीको दायरामा ल्याएको छ  ।

घ) प्राकृतिक सम्पदाको अबैध दोहन गर्ने ३६ सवारी साधन कारवाही

गत महिना तथा यस महिनामा मात्र कास्की जिल्लामा ट्रक १६, ट्र्याक्टर १७, एस्क्याभेटर १, टिप्पर १, ट्रक १ तथा कटिङ ढंगा समेत बरामद गरी कारबाहीको दायरामा लिएको छ ।

Advertisment