कांग्रेस केन्द्रिय समिति बैठकबाट पाैडेल -सिटाैला बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले समुहले बैठक बहिस्कार गरेपछि पनि सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न निर्णय गराएका छन् ।

देउवाले केन्द्रीय कार्यसमितिको कार्यकाल कम्तिमा एक बर्ष बढाउने प्रस्ताव गर्दै तत्काल माधिवेशन नगर्ने तयारी गरेसँगै पोडेल र सिटौलाले बैठक बहिस्कार गरेका थिए । बैठक बहिस्कार गरे लगत्तै पौडेलले आफ्नै कार्यकक्षमा केन्द्रीय समितिका आफू निकट सदस्हयहरुुसँग छलफल गरेका थिए । कार्यसमितिमा बहुमत भएको नाममा वैठकमा निर्णय लाद्ने हो भने जे सुकै गर्नुहोस भनेर आफू हिडेको पत्रकारहरुसँग पौडेलले बताए ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, जागरण अभियानको मिति परिवर्तन गरेर माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरेको छ । बैठकमा यसबाहेक केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल भएको छ ।

बैठकमा सभापति देउवाले विभागको संख्या २८ बाट बढाएर ४१ बनाउने प्रस्ताव पेश गरेका छन्। विधानमा २८ विभाग रहने व्यवस्था गरिएको छ भने केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने भएकाे छ ।  बैठकमा महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राखेका थिए

 

Advertisment