वीपीका जेठा छोराले मनाए ५०औँ वर्षगाँठ, देउवा र हिमानी सहभागी !

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.वीपी कोइरालाका जुष्ठ पुत्र प्रकाश कोइलाले आफ्नो विवाहको ५० औँ वर्षगाँठ मनाएका छन् ।

काठमाडौंको एउटा होटेलमा बिहीबार राति भव्य रुपमा प्रकाश कोइरालाले आफ्नी धर्मपत्नी सुष्मा कोइरालासँग ५०औँ वर्षगाँठ मनाएका हुन् । विवाह भएको ५०औँ वर्ष पूरा भएको अबसरमा परिवार र सीमित आफन्त र शुभेच्छुकहरूसँग खुसी साटिएको हो ।

प्रकाश कोइराला र सुष्मा कोइरालालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आशीर्वाद दिएका थिए । देउवाले उनीहरूलाई शुभकामना समेत दिएका थिए ।

प्रकाश कोइराला र सुष्मा कोइरालाको ५०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वयुवराज्ञी हिमानी शाह, महामन्त्री एवम् प्रकाश कोइरालाका कान्छा भाई डा.शशांक कोइराला, अर्का भाई डा.शेखर कोइराला, प्रकाश कोइरालाकी छोरी एवम् अभिनेत्री मनीषा कोइराला, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, नेपाली कांग्रेसकी नेतृ मृदुला कोइराला, प्रकाश कोइरालाका पुत्र सिद्धार्थ कोइराला, अनुराधा काेइरालालगायतको सहभागिता रहेको थियो ।

प्रकाश कोइराला स्व.वीपी कोइरालाका जेष्ठ पुत्र हुन् । उनी नेपाली कांग्रेसबाट निस्किएर तत्कालीन राजा ज्ञानेन्द्रकाे सरकारलाई समर्थन गरि मन्त्री भएका थिए । हाल उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छैनन् ।

Advertisment