तमु धिंमा ल्होछार यसरी मनाउंदै

पोखरा । तमु जातिको नयाँवर्ष, महान चाड एवम राष्ट्रिय पर्व तमु ल्होछार २०७६ च्यु ल्हो(मुसा वर्ग)आगमनको अवसरमा पौष १० गते तमु धिं नेपालमा शुभकामना आदानप्रदान, विविध साँस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम आयोजना गरिएको छ।

तमु धिं नेपालको च्यु ल्होछार मनाउने कार्यक्रम अन्र्तगत तमु धिं नेपाल केन्द्रीय आमा समितिका आयोजनामा उक्त कार्यक्रम गर्ने तयारी गरिएको हो ,

पुस १० गते पोखरा ९, नयाँबजारस्थित तमु धिं नेपालमा दिउसो पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको प्रमुख आतिथ्यतामा गरिने आमा समितिकी महासचिव ऐनशोभा गुरुङले जानकारी दिनुभयो।

कार्यक्रममा शुभकामना आदान प्रदान सहित क्षेत्रीय समाज आमा समितिहरुको विविध साँस्कृतिक प्रस्तुती र तमु जातिय मौलिक परिकार सेलरोटी, अचार, तरुल लगायत जलपानको व्यवस्था रहेको महासचिव गुरुङले बताउनुभयो।

यसै गरी तमु धिं नेपालले पुस १३ गते ल्होछार साँस्कृतिक विशेष कार्यक्रम तमु धिं मै आयोजना, पुस १४ गते रक्तदान कार्यक्रम, सरसफाई, तमु ह्युला चोकमा दिप प्रज्वलनका साथै तमु धिंमा स्यो कैं गरिने भएको छ।

पुस १५ गते समाज समाजमा, गुम्बा र क्होइवोमा ल्होछार भव्यताका साथ भनाउने भएको छ भने पुस १६ गते कस्केली गुरुङहरु लेखनाथको तालचोकमा भेला भई शुभकामना र्यालीसहित भण्डारढिकस्थित खेलमैदानमा सामुहिक ल्होछार÷ल्होसार कार्यक्रम गर्ने आयोजकले जनाएको छ। र्यालीमा प्रथम हुने समाजलाई २० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजार रुपैयासहित पुरस्कृत गरिने भएको छ। यस्तै गरी तमुहरुको परम्परागत खेल छेलोका विजेतालाई मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले आफ्नो बुबा टेकसाई गुरुङ स्मृतिमा प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार रुपैयाले पुरस्कृत गर्नुहुनेछ। तमुहरुको परम्परागत खेल छेलोको संरक्षण र विकासका लागि तमु धिं नेपालले सञ्चालन गरिदै आएको छेलो प्रतियोगिता सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा शुरु भए पश्चात सामुहिक ल्होछारको युवा आकर्षण कार्यक्रम बन्दै आएको छ।

Advertisment