नेपालका लागि भारतीय राजदूत विनय मोहन आउंदै

काठमाडौं । नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी विनय मोहनलाई तोकिएको छ ।
विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत थिए । उनले पहिले भारतीय विदेश मामिला मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए ।
सन् २०१० मे महिनादेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए । उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए ।
मञ्जिब पुरीकाे कार्यकालमा नेपाल भारत सम्बन्धमा केही उतारचढाब भएतापनि विनय माेहनकाे कार्यकालमा बिगतमा भएका कमिकमजोरी भएका ठाउंहरु पत्ता लगाई दुईदेशकाे सम्बन्ध मजबुत बनाउन महत्वपुर्ण भुमिका खेल्नुहुने अपेक्षा गरिएकाे छ ।

Advertisment