काठमाडौं । भुमिगत राजनितिक पृष्ठभुमि बाट अाएका एक उपमेयर अमेरिकाकाे एक गाेष्ठीमा भाग लिन जांदा उत्तै भुमिगत भएकाे समाचार छ ।
गोष्ठीमा भाग लिन अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् ।
दर्शना इनटरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका गएकी थिइन्। उनी नेपाल नगरपालिका महासंघबाट प्रतिनिधित्व गर्दै गोष्ठीमा सहभागी हुन गत कात्तिक पहिलो साता अमेरिका गएकी थिइन्। उनी नगरपालिका महासंघको केन्द्रीय सदस्य हुन्। अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् ।
तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कमा छैनन्।
उपमेयर दर्शनाले बिरामी भएकोले ढिलो भएको जानकारी गराएको भन्दै मेयर शाहीले पुसपछि सम्पर्क नभएको बताएका छन्। पछिल्लो समय दर्शनाको फेसबुक एकाउन्ट पनि निष्क्रिय छ।
२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएर उनी निर्बाचित भएकी थिइन् । अब उनकाे बारेमा नेकपाले कस्ताे कारबाही गर्छ प्रतिक्षाकाे बिषय बनेकाे छ ।
उपमेयर अमेरिका छिर्ना साथ भुमिगत !
January 23, 2020
636
Advertisment


