कोनोना भाइरस प्रभावित राष्ट्रलाई जापानले एन्टिफ्लू एवीगन औषधी नि:शुल्क दिने

जापान । जापानी सरकारले कोरोनाभाइरस महामारीले ग्रस्त राष्ट्रहरुलाई जापानी रसायनिक फर्मले बनाएको एन्टिफ्लू औषधी एवीगन नि:शुल्क दिने घोषणा गरेको छ ।
जापानमा नयाँ कोरोनाभाइरसका कारण हुने लक्षणहरूको उपचारमा सम्भावित प्रयोगको लागि औषधिको प्रभावकारिता र सुरक्षाको परीक्षण गर्न अब एवीगन औषधीको परीक्षण भइरहेको एनएचकेले जनाएको छ । जापान सरकार
मन्त्रीपरिषदका मुख्यसचिव योशीहिदे सुगाले शुक्रबार पत्रकारलाई भने सरकारले अहिलेसम्म करीव ३० वटा देशहरूबाट औषधिको लागि अनुरोधहरू प्राप्त गरिसकेको समाचारमा उल्लेख छ । मुख्यसचिव सुगाले भने जापान सरकारले अवीगनको क्लिनिकल परीक्षण विस्तार गर्ने योजना बनाएको छ । उनले थपे कोरोनाबाट प्रभावित ती राष्ट्रहरुलाई यो औषधीको रकम नि:शुल्क प्रदान गर्ने योजना रहेको समेत बताउनुभयो ।
जर्मन सरकारले कोरोनाभाइरस बिरामी परेका गम्भीर बिरामीलाई उपचार गर्न लाखौं प्याक एविगन खरीद गर्ने योजना गरेको छ।

चीनका अन्वेषकहरुका अनुसार अविगानले कोरोनाभाइरस संक्रमित व्यक्तिहरूको क्लिनिकल परीक्षणहरूमा प्रभावकारिता प्रमाणित गरेको उल्लेख छ ।

Advertisment