बैशाख २१ सम्म फेरि थपियाे लकडाउन

एजेन्सी । भारतमा लकडाउनको अवधि लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि थप गर्ने घोषणा गरेका हुन् । मोदीले मे ३ (बैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् । उनले काेराेना बाट बिश्वभर कसरी मानिसलाई प्रभाबित पारिरहेकाे छ भन्ने सांची स्वयं जनता नै भएकाे हुंदा सबैले अाअाफ्नाे ठाउंबाट लकडाउन लाई साथ दिन समेत अनुराेध गरेका छन् । करिब २१ मिनेट लामाे सम्बाेधनमा माेदिले लक डाउनलाई कडाइका साथ लागू गर्ने समेत बताएका छन् ।

Advertisment