जनता थुनेर काेराेनामा तिन तहका सरकार सुतेकै हुन त ? गंगाधर पराजुली

आखिर सर्वसाधारणमा कोरोना आतंक कहिलेसम्म ?
तिन तहको सरकारका विभिन्न संयन्त्र कता छन् ?

– शुक्रबार निधन भएकी ४६ वर्षीय महिलाको शनिवार अपराह्न मात्र कोरोना पुष्टी भयो ।
– उनलाई बिहिबार अपरान्ह पोखराको गैरापाटन स्थित अस्पतालमा पुगेर उनि रहेको क्याबिन रुममा केही समय बसेर कुराकानी गर्नुका साथै उनि रहेको बेड समेत मिलाएर घरमा फर्केको थिएं। त्यसबेला उनको उनको अवस्था गम्भीर देखिएको थियो ।
– उनको राती १ बजेपछि निधन भएको खवर पाएपछि बिहान सबेरै अर्थात ५.३० बजे तिर नै अस्पताल पुगेको थिएं ।
– अस्पताल पुगेका म सहितका आफन्तका बिचमा केही कुराकानी भएपछि अस्पताल संग सम्बन्धित ३ जनालाई मैले मेरै मोबाईलबाट सम्पर्कको प्रयास गरें तर २ जनाको स्वीच अफ थियो भने १ जनाको फ़ोन रिसिभ भएन ।
– त्यसपछि त्यहां उपलब्ध अस्पतालका ज़िम्मेवार व्यक्तिसंग कुराकानी गरेपछि शव घरमा लैजान कुनै कुराले अप्ठेरो नरहेको जानकारी पायौ।
– मैले नै सिद्दार्थ क्लवमा सम्पर्क गरि शवबाहन तत्काल पठाईदिन आग्रह गरें ।३/४ पटक सम्पर्क गरेपछि करिव ३० मिनेटको अवधीमा शवबाहन अस्पताल आईपुग्यो ।
– त्यसपछि अस्पतालकै कर्मचारी र अन्य दुईजना आफन्त मिलेर आईसियुबाट शव निकालेर शवबाहनमा राखेर शवलाई घर पठाईयो ।
– त्यसबिचमा मैले मृतकका श्रीमान पोखराका स्थापित पर्यटन व्यवसायी ( नाताले मेरो भान्जा अनि ज्वाईको भिनाजु पनि ) भएकोले वहासंग व्ववसायिक हिसाबले निकट रहेका ५/६ जना साथीलाई खवर गरेर साढ़े सात / आठ बजे तिर अन्त्येष्टि हुनसक्ने हुंदा निकट रहेका अरु केही व्यवसायी /साथीलाई पनि खवर गरिदिन आग्रह गरें।
– मृतकको शव घरमा पुगेपछि त्यहां पनि केही समय बसेर केहीलाई शान्त्वना दुई करिव आधा घण्टापछि म त्यहांबाट निस्केर मेरो गाउं चापाकोटमा त्यही दिन हुने पारिवारिक कार्यमा ( दाजु निधन भएको १३ औं दिनको शुद्दाशुद्दी ) सहभागी भए ।
– चापाकोटमा काम सकेपछि बेलुका पोखरा फर्केको र सोही दिन साँझ पनि मृतकको घरमा म सहित मेरो परिवारका अरु सदस्य समेत पुगेर झण्डै १ घण्टा बसेर कुराकानी गरि सबै आआफ्नो घरमा फर्कियौं ।
– त्यसको भोलिपल्ट अर्थात शनिवार बिहान मृतकमा कोरोना पुष्टी भयो भन्ने कुरा सार्वजनिक भएपछि एकाएक आतंक शुरु भयो ।
– त्यसपछि लगातार विभिन्न संचार माध्यममा मृतककाे सम्पर्कमा आएका मलामी सहित सबै होम आईसोलेशनमा/ क्वारेन्टाईनमा बसेका छन भनेर समाचार आईरह्यो ।
– म , मेरो श्रीमती र परिवारका अन्य सदस्यहरुपनि पनि यो घटना पछि स्वेच्छाले घरमा नै बसिरहेका छौ । मलाई कोरोना संक्रमण देखिएको हैन , तर म आंफु कोरोना संक्रमित र तिनका आफन्त संग नजिक पुगेकोले होम आईसोलेशनमा बसेको छु भनेर अरुलाई पनि भनिरहेको छु ।
– आईतबार दिउंसो अर्कै सन्दर्भमा कुरा गर्न प्रदेश सांसद राजिब पहारीले मलाई फ़ोन गर्नुभयो , कुराकानीकै क्रममा वहांले भन्नुभयो – म होम आईसोलेशनमा बस्न बाध्य भएं , म त बाहिर निस्केर भेटघाट गर्ने अनि कार्यक्रममा सहभागी हुन जान्छु भनेको सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले घरबाट निस्कनै दिएनन् ।
– शायद नेपाल सरकारका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी वा कोरोना रोकथाम र नियन्त्रणको जिम्मेवारी पाएका तिन तहका सरकार र सरोकारवाला निकायका व्यक्तिहरुमध्ये कसैले पनि यो घटनापछि म सहित प्राय सबैजसोलाई कुनै किसिमबाट सम्पर्क गर्ने वा कुनै जानकारी दिएका छैनन , उनिहरुले सम्पर्क गरेको भए माथी नाम उल्लेख गरिएका मा. राजीव वा उनि जस्तै केहीलाई मात्र गरेछन कि भन्ने लाग्यो ।
– मलाई त ति साथीहरुले सम्पर्क गरे जसलाई मैले सम्पर्क गरेर शवयात्रामा सहभागी हुन आग्रह गरेको थिएं , उनिहरुको गुनासो थियो -हामिलाई शवयात्रामा बोलाउने तर आंफु नजाने ? अनि मैले मेरो बाध्यता बारे सुनाउने गरेको छु । अनि केही मेरा शुभचिन्तकहरुले फ़ोन गरेर स्वास्थ्य अवस्थाका बारेमा र पिसिआर टेष्टका बारेमा चासो राख्ने गरेका छन ।
- म असामान्य अवस्थामा छैन तर मेरो शारीरिक र मानसिक अवस्थाले हो वा के हो शरिर, घांटी र टाउकोमा सामान्य दुखाई भएजस्तो लाग्छ , मैले गर्नुपर्ने काम धेरै छन , आज पनि कांग्रेस नेता / आदरणीय दाजु भोजबहादुर गुरुडंको शवयात्रमा सहभागी हुन मन छ तर घरबाट बाहिर निस्कने सोच बनाएको छैन ।
-मैले यो भनिरहंदा। बिहिबार , शुक्रबार र शनिवार गरि ३ दिनको अवधीमा मेरो परिवारका सदस्यहरु , आफन्तहरु र साथीभाई गरि १ सय बढी सम्पर्कमा भए होलान , ति सबैको बारेमा के गर्ने भन्ने अन्यौल कायम छ ।
– हामीले आंफै सजग रहंदा र सरोकारवालाको खोजी गर्दा त यस्तो छ भने दूरदराजमा बस्ने , असहाय , पहुँच र प्रभाव नहुनेहरुको अवस्था झन के होला ?
– सम्पर्कमा रहेका सबैको कोरोना परिक्षण गर्नुपर्छ भन्ने , समयमै रिपोर्ट नदिने , सरकारको कुनै तहको संयन्त्रले पनि कुनै जानकारी नदिने अनि आम सर्वसाधारणलाई आतंकित मात्र बनाईराख्ने भएपछि यो आतंक नभएर के होला त ?
– कोरोना परिक्षण गरेपनि रिपोर्ट सही छ वा छैन भनेर शंका गर्नेहरुको संख्या पनि बढ्दो छ , त्यसमाथी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नै कोरोना सार्ने माध्यम बनिरहेको छन भन्ने आवाज़ पनि बढ्दै गएको छ ।
- यसलाई दृष्टीगत गर्दा व्यापार, कमिशन अनि पैसा कमाउने राम्रो अवसर मिलेको छ कतिलाई…. नत्र अरबौं अरब रुपैया कोरोनाको नाममा खर्च भयो भनेर कसरी हिसाब आउंछ होला र ?

गंगाधर पराजुली
पोखरा -०५ , जिरो किमी

Advertisment