कास्की कांग्रेसका पुर्ब सभापतिलाई पत्नीशोक

पोखरा, १७ मंसीर
नेपाली कांग्रेस कास्कीका पूर्व सभापती एबं

प्रजातान्त्रीक सेनानी लिलाभक्त आचार्यलाई पत्नीशोक परेको छ । उहाँकी कान्छी श्रीमती योगमाया आचार्यको ७८ बर्षको उमेरमा मंगलबार पोखरामा निधन भएको हो । उहाँ लामो समयदेखि बिरामी भई गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत रहनुभएको थियो । उर्हाँको मंगलबार नै सेती नदीको शान्तिघाटमा दाहसंस्कार गरिएको थियो ।
उहाँको पार्थिव शरिरमा नेपाली कांग्रेस कास्कीका पूर्व सभापती एवं बरिष्ठ नेता शुक्रराज शर्माले पार्टिको झण्डा ओढाएर श्रदान्जली अर्पण गर्नुभएको थियो । नेपाली कांग्रेसलाई अत्यन्तै माया गर्ने र धार्मिक सामाजिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउनुभएकी आचार्यको निधनले मर्माहत बनाएको बताउँदै प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यलाई राजनैतिक जिवनमा अगाडि बढाउनका लागि उहाँको अतुलनिय योगदान रहेको स्मरण गर्नुभयो । यस दुखद घडिमा आचार्य परिवारलाई समवेदना समेत अर्पण गर्नुभएको थियो ।

नेपाली कांग्रेस वडा नं १७ का सभापती देवराज आचार्यले ईकाईको सल्लाहकार समेत रहनुभएका लिलाभक्त आचार्यकि धर्मपत्नीको निधनसँगै पार्टिले एक असल अविभावक गुमाएको बताउँदै यस दुखद घडिमा शोक शन्तब्ध परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं महिला नेतृ बिमला भण्डारीले स्वर्गिय योगमाया आमाको निधनले दुःखी बनाएको बताउँदै सामाजिक क्षेत्र, राजनैतिक क्षेत्रमा उहाँले दिनुभएको स्नेह र अविभावकत्वलाई सदैव स्मरण गरिरहने बताउनुभयो ।

नेपाली कांग्रेस वडा नं १७ ले समन्वय गरेको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सदस्य पूण्डरी प्रसाद बराल, यूवक लामिछाने, नम्रता बराल, नेपाली कांग्रेस का नेता माधव बराल, क्षेत्र नं २ का पदाधिकारी ,वडा ईकाई १७ का उपाध्यक्ष दिपेन्द्र बराल, सचिव डिआर भट्टराई लगायत कास्कीका कांग्रेस नेताहरु, धार्मिक सामाजिक व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

स्वर्गिय आचार्यको २०६९ साउन २५ गते कृष्णजन्माष्टमीका दिन पती लिलाभक्त आचार्यसँगै रथयात्रा र सार्वजनिक अभिनन्दन भएको थियो । स्वर्गिय आचार्यका श्रीमान् लिलाभक्त, जेठि दिदी तुलसी र माहिली दिदी स्व.गौरा आचार्यका सहित गरी ५ छोरा, ५ छोरी रहेका छन् । ५ छोरा क्रमशः शिव, बिष्णु, हरिभक्त, बिश्वनाथ, र कृष्णभक्त आचार्य रहेका छन् भने ५ छोरी बसन्ती, लक्षिमा, देवका, कौशिला र हरिकुमारी रहेका छन् ।

Advertisment