पाेखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता, संगठन बिभाग प्रमुख एबं पुर्बउपप्रधानमन्त्री गाेपालमान श्रेष्ठले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेकाे निर्णयकाे स्वागत गरेक छन । नेता श्रेष्ठले बक्तब्य दिंदै प्रधानमन्त्री के. पी. ओलीबाट सिफारिस भएको असंवैधानिक निर्णयको विरुद्धमा गरेको निर्णय स्वागत गरेका छन ।
श्रेष्ठकाे बक्तब्यमा भनिएके छ’ सम्पुर्ण संवैधानिक इजलासका सम्मानिय प्रधानन्यायाधीश तथा माननीय न्यायाधीशज्युहरुलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहान्छु।
आजको ऐतिहासिक निर्णयले हामी जनताद्वारा निर्वाचित संविधान सभाले बनाएको संविधानले मुर्तरुप लिएको मैले मैले महसुस गरेको छु। अब कुनैपनी शक्तिशाली व्यक्तिले यो संविधानलाई अपव्याख्या गर्न नसक्ने कुरा सबै नेपाली जनतालाई अवगत गराउन चाहान्छु। अब यो सरकारले शासन गर्ने कुनै राजनीतिक तथा नैतिक अधिकार नभएकोले प्रधानमन्त्रीयुलाई पदबाट राजीनामा गर्न आग्र गर्दछु।
जय नेपाल !!!
गोपाल मान श्रेष्ठ
प्रमुख
संगठन बिभाग
गाेपालमान श्रेष्ठ बाट संबैधानिक इजलासको निर्णय स्वागत
February 24, 2021
1307
Advertisment


