भेन्टिलेटर , अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज चीन जाँदै

काठमाडौं । चीन सरकारले सहयोग स्वरुप दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज चीन जाँदै छ।

निगमका अनुसार आज राति ११:३० बजे वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्नेछ।

निगमको वाइडबडी जहाज ४०० थान सिलिन्डर र २० थान भेन्टिलेटर लिएर भोलि दिउँसो २:३० बजे काठमाडौं आइपुग्नेछ ।

चीनले सहयोग गर्ने बाँकी सिलिन्डर भने पछि क्रमशः स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Advertisment