अनलाइन पत्रकार संघकाे स्वास्थ्य सामाग्री बितरण

पाेखरा । पोखराका अनलाइन मिडियाहरुमा अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले मास्क,गलब्स, सेनिटाइजर, फेससिल लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ ।

पोखरामा रहेर संचालित अनलाइन र केन्द्रका अनलाइनमा पोखराबाट काम गर्ने पत्रकारलाई ति सामाग्रीहरु उपलब्ध गराइने अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुबेदीले जानकारी दिनुभएकाे छ ।
पत्रकार साथीहरुलाई खाद्यान्नको समेत समस्या परे सम्पर्क गर्नुहोला । सुबेदीले अगाडि भन्नुभएकाे छ । संघलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गर्ने नेलम्बो नेपाल संस्था प्रति पनि अनलाइन पत्रकार संघ गण्डकीले आभार प्रकट गरेकाे छ ।

Advertisment