कास्कीका पहिरो पिडितलाई युके र हङकङबाट १५ लाख सहयोग

पोखरा १७ साउन ।

कास्कीको घान्द्रुकमा गत साउन १ गते गएको पहिरोका कारण घर पुर्ण क्षति भएका परिवार सहित विभिन्न पहिरो पिडितहरुलाई बेलायत र हङकङमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले घान्द्रुकÞका पहिरो पीडितलाई राहत स्वरूप नगद १५ लाख १ हजार ७ सय ७० रूपैया रकम घान्द्रुकका समाज हङकङका पूर्व अध्यक्ष चन्द्र गुरूङ, सचिव दीपक गुरूङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले सुक्रवार संयुक्त रूपमा घान्द्रुक मै पुगेर पिडितहरुलाई हस्तान्तरण गरिएको छ । घान्द्रुक समाज हङकङका अध्यक्ष दुर्गा गुरूङको नेतृत्वमा संकलित १२ लाख ९१ हजÞार ७ सय ७० र घान्द्रुक समाज बेलायतमको २ लाख १० हजार रकम पिडितहरुलाई प्रदान गरेको हो । कास्कीको घान्द्रुकबाट रोजगारीका क्रममा हङकङ र बेलायतमा पुगेका व्यक्तिको साझा संस्था घान्द्रुक समाजले आफ्नो संस्थामा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी प्राकृतिक बिपतको समयमा पिडितलाई केहि राहत होस भनि रकम सहयोग गरिएको घान्द्रुक समाज हङकङका सचिव एवं कार्यक्रम संयोजक दीपक गुरूङले बताउनुभयो ।

राहत रकम पाउनेमा घर पूर्ण क्षति भएका चिजकुमारी र मैतसिं गुरूङको परिवारलाई हङकङको तर्फÞबाट ४ लाख १६ हजार ७ सय ७० र बेलायतको तर्फÞबाट १ लाख २० हजार, हरिकला गुरूङलाई १ लाख र छबी राना मगरलाई हङकङको तर्फÞबाट १ लाख र बेलायतको तर्फÞबाट ४० हजार नगद सहयोग प्रदान गरिएको छ । त्यसै गरी पहिरोको उच्च जोखिम रहेका विस्थापित भएका बुद्वीबहादुर परियार र मन भुजा परियारलाई जनहि हङकङको तर्फÞबाट १ लाख र बेलायतको तर्फÞबाट २० हजार रकम उपलब्ध गराईको थियो । त्यस्तै घर चर्केर क्षति भएका रामप्रसाद गुरूङ, दीपक गुरूङको परिवारलाई जनहि ५० हजार, कमला जैसी, रोजन बिक, टेकबहादुर पौडेल, राजमान गुरूङ र खड़कबहादुर जैसीलाई जनहि ३५ हजार प्रदान गरिएको कार्यक्रम संयोजक गुरूङले बताउनु भयो । स्थानीय रोधी क्लब घान्द्रुकको सभाहलमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकको किम्चे स्थित श्री जनप्रेमी आधारभुत बिधालय पुनर्निमाणको लागि घान्द्रुकका समाज हङकङले २ लाख र बेलायतले ५० हजार रकम उपलब्ध गराएको छ । सो रकम कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवर घान्द्रुकका समाज हङकङका पूर्व अध्यक्ष चन्द्र गुरूङ, सचिव दीपक कुमार गुरूङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरूङले बिधालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बिक, भवन निर्माण समितिका अध्यक्ष सोमप्रसाद गुरूङ र बिधालयका प्रअ बाबुराम सापकोटालाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

घान्द्रुक समाज बेलायतले अन्नपूर्ण क्लब किम्चेको भवन निर्माणका लागि ५० हजार रकÞम उपलब्ध गराएको छ । कार्यक्रममा पहिरोबाट प्रभावित ११ घरपरिवारलाई ११ बण्डल रंगिन कर्कटपाता गाउँपालिकाको तर्फÞबाट अध्यक्ष युवराज कुँवरले वितरण गर्नुभएको थियो । अध्यक्ष कुँवरले रोजगारीको सिलसिलामा देश बिदेशमा रहेर पनि आफ्नो गाँउठाँउमा बिपत पर्दा गरेको सहयोग प्रशंसनीय भएकोले सहयोगीदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताउनु भयो । रोधी क्लब घान्द्रुकका अध्यक्ष पूर्ण गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुन गुरूङ, चन्द्र गुरूङ, दीपक गुरूङ र रोधी क्लब घान्द्रुकका सचिव राजबहादुर गुरूङ लगाएतले पहिरोबाट विस्थापित गाउँबासीका परिवारलाई केहि मात्रमा भएपनि राहत पुगोस भनि आर्थिक सहयोग गर्न पाँएकोमा सन्तुष्टि मिलेको बताउनु भयो । अन्नपूर्ण गाउँपालिका वड़ा नं १० र ११ का विभिन्न ठाउँमा पहिरोले २ घर बगाएर पूर्ण क्षति, २ घर उच्च जोखिम, ७ घर परिवारमा क्षति पुगेको थियो ।

Advertisment