विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा अधिकारी र तिमिल्सिना

श्रावण २२, २०७८

पोखरा, २२ साउन । गण्डकी प्रदेश सरकारकाे कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले पाेखराका दुई पत्रकार लाई लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा नियुक्ति गरेकाे छ ।

सञ्चारमन्त्री विन्दु कुमार थापाले मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय सरीता तिमिल्सिना र टंकराज अधिकारी लाई नियुक्ति गर्नुभएकाे समाचार छ ।
१९ श्रावणकाे मन्त्रीस्तरको निर्णयले उहाँहरुलाई सदस्यमा मनोनयन गरिएको मन्त्रालयले दिएकाे नियुक्तिपत्रमा उल्लेख गरिएकाे छ ।

सरिता नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनकाे केन्द्रीय सदस्य हुनुहुन्छ भने वहां पोखरा पोष्ट डट कम काे सम्पादक काे रुपमा कार्यरत हुनुहुन्छ ।
त्यसैगरि टंक भने नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको गण्डकी प्रदेश समितिकाे संयाेजक हुनुहुन्छ । वहां काठमाडौं बाट प्रकाशित नेपाल समाचारपत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।

Advertisment