कांग्रेस निर्वाचन आयाेग संग भिग माग्ने किन बनाईयाे ? – रामचन्द्र पाैडेल

पाेखरा । नेपाली कांग्रेसकाे १४आै महाधिवेशन हुने नहुने चर्चा भईरहेका बेला पार्टीका बरिष्ठ नेता रामचन्द्र पाैडेलले समयमा महाधिवेशन नगर्ने अनि अहिले निर्वाचन आयाेग संग भिख माग्ने निरिह अवस्थामा पुर्याइएको भन्दै कडा राेष प्रकट गर्नुभएकाे छ ।
आज साेमवार बिहानै आफ्नाे फेसबुक पेजमा पाैडेल आफ्नाे धारणा लेख्नु हुंदै वर्तमान नेतृत्वकाे चरम असफलताकाे रुपमा समेत चित्रण गर्नुभएकाे छ ।
हेर्नुहाेस बरिष्ठ नेता पाैडेलले लेख्नुएकाे जस्ताकाे तस्तै :-

पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।
आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?

यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।
२०७८/४/२४ गते प्रकाशित

Advertisment