चीनको नानिङ सहरले पोखरा महानगरपालिकालाई बिभिन्न स्वास्थ्य सामग्री प्रदान, फाेटाे फिचर समेत

पाेखरा ।

चीनको नानिङ सहरले पोखरा महानगरपालिकालाई बिभिन्न स्वास्थ्य सामग्री प्रदान, फाेटाे फिचर समेत गरेको छ । नानिङ सहरले स्वास्थ्य सामग्रीअन्तर्गत ५ वटा अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार पिस, पीपीई सेट ५ सय पिस, मेडिकल पञ्जा ५ हजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान समाचार छ ।

पोखरा पर्यटनपरिषद् र चाइना ओभरसिज एसोसिएसनको समन्वयमा उक्त स्वास्थ्य सामग्री परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरेका हुन् । पोखरा महानगरका–१३ वटा अन्तर्राष्ट्रिय सम्बन्धमध्ये ९ वटा चीनका विभिन्न सहरसँग छन् । २०७४ पुस २६ गते पोखरा महानगर र चीनको नानिङ सहरबीच भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने उपमेयर मञ्जु गुरुङकाे भनाइ छ । उनले नानिङ सहरका मेयरलाई धन्यावाद पत्र पठाएर कोरोना संक्रमण कम भएपछि पोखरा भम्रणका लागि आमन्त्रण गर्ने बताएकी छन् । पर्यटन परिषदकामीको अध्यक्ष गाेपि भट्टराईले उक्त सहर चीनको नमुना सहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापित सहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रबर्द्वनमा समेत महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । महामारीको कठिन समयमा २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेर चिनियाँ मित्रहरुले मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ गराएको भट्टराईकाे भनाइ छ ।

रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न सहरसँग भएको भगिनी सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोरोना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने जनाएका छन् ।

कार्यक्रममा चाइना ओभरसिज एसोसिएसनका अध्यक्ष झाङ र सचिव साङ सावो (सन्देश), पोखरा महानगरका विभिन्न वडाका वडा अध्यक्षहरूको सहभागिता रहेकाे थियो ।

Advertisment