पत्रकार गुरुड्लाई मातृ शोक

पाेखरा । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्व उपाध्यक्ष, गोल्डेन न्यूज़ दैनिकका पूर्व सम्पादक, सुनौलो एफएमका पूर्व स्टेशन म्यानेजर ,पोखरा बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक, नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय प्रतिनिधि रीता गुरुङलाई मातृ शोक परेको छ ।
उनकी ममतामयी आमा बुद्दीमाया गुरूङको ६८ वर्षको उमेरमा गए राती असयामिक निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।
दुई साता अगाडी उनलाई पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उपचारका क्रममा उनकाे निधन भएको हो ।
स्याङजा पेल्काचौर स्थायी घर रहेका गुरुङ हाल पोखरा -१४ मा बसोवास गर्दै आएका स्वर्गिय बुद्दीमायाको श्रीमान,एक छोरा र दुई छोरी रहेका छन ।

Advertisment