समाजवादी पार्टी शक्ति संचय गर्दै संगठन बिस्तारमा, गण्डकीमा सचिवालय सदस्य बिस्तार

पोखरा, २० भदौ
वैकल्पिक राजनितिक शक्ती जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) प्रदेश नं ४ मा प्रभावकारी एवं व्यवस्थित गर्न ११ सदस्यिय सचिवालय गठन गरेको छ।
पोखरामा आईतवार प्रदेशका केन्द्रिय सदस्यहरूको बैठकले केन्द्रिय कार्यकारिणी बाट संयोजनको जिम्मेवारी सहित प्रदेशमा आउनु भएका नेता हिसिला यमिको संयोजकत्वमा सचिवालय गठन गरेको हो। सचिवालयमा कार्यकारीणी सदस्य शिवलाल थापामगर, प्रदेश इन्चार्ज गणेशमान गुरूङ, तमुवान राष्ट्रिय समितिका इन्चार्ज रूद्रबहादुर गुरुङ, केन्द्रिय सदस्यहरु मोती रिजाल, राजन केसी, नर माया ढकाल, शम्भु खाती,देवबहादुर दुरा र मगराँत बाट दुई जना रहने निर्णय बैठकले गरेको छ।
यसरी नै जिल्लाको अभियानको संयोजन गर्न कास्कीमा केन्द्रिय सदस्य धनप्रसाद तामाङ, गोरखामा ज्ञानेन्द्र कुमाल, नवलपुरमा मोती रिजाल, तनहुँमा शिवलाल थापा मगर, स्याङ्जामा नरमाया ढकाल, बागलुङमा यमबहादुर घर्ती, पर्वतमा देविराज गुरुङ, लमजुङ र मनाङमा राजु थापा, खेमजङ गुरुङ, देवबहादुर दुरा, म्याग्दी र मुस्ताङ सचिवालयले संयोजन गर्ने भएको छ।
जिल्लामा गरिने अभियानबारे असोज ७ गतेभित्र संयोजन र १५ गतेभित्र अभिमुखिकरण गर्ने भएको छ।
यसरी नै कास्की १ को जिम्मेवारी दीपक तामाङ, २ मा हेमबहादुर थापा र ३ मा शम्भु खातीलाई जिम्मेवारी तोकिएको छ।बैठक केन्द्रिय संयोजनको जिम्मेवारी लिई आउनुभएका हिसिला यमिको अध्यक्षतामा सम्पन्न भएको हो।
अभियान देशैभर मंसिर मसान्तर सम्म गर्ने केन्द्रिय समितिले निर्णय गरेको हो।

Advertisment