घान्द्रुकमा जीप दुर्घटना, आठकाे मृत्यु : फाेटाे फिचर

पाेखरा । असाेज २५, कास्कीकाे घान्द्रुकमा साेमबार जीप दुर्घटना हुँदा जीप चालक सहित आठ जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानियले जानकारी दिएका छन ।
प्राप्त खबर अनुसार पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको बताईन्छ । घान्द्रुक पुग्न करिब १५, २० मिनेटकाे बाटाेमा रहेकाे साे स्थानमा अहिले सडक स्तरउन्नतिकाे काम भईरहेकाे स्थानिय अमृत गुरुङले युनाईटेड खबरलाई जानकारी दिएका छन ।
त्यहां ग्राबेलिङ भईरहेकाे, जीप चालकलाई राेक, राेक भन्दा भन्दै नयां ग्राबेलिङमा ब्रेक नलागेका कारण दुर्घटना भएकाे समाचार छ ।
जीपमा ९ जना यात्रु सवार रहेकाे र चालक खुशीमान क्षेत्रीकाे घटनास्थलमा नै मृत्यु भएकाे छ भने एक जना युवतीकाे जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनकाे नाकमा सामान्य चाेट लागेकाे छ । माथिल्लो सडकबाट तल्लाे सडकमा जीप दुर्घटना भई खसेकाे, घटनास्थलमा स्थानीय र प्रहरीकाे टाेलीले उद्धार गरिरहेको छ । दशैंको छुट्टिमा काठमाडौंबाट घुम्न हिंडेकाहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएकाे छ । त्यसै कारण पनि मृतकको सनाखत हुन सकेको छैन ।
घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी भईरहेकाे लामा अमृत गुरुङले बताए । मृतकको शव क्षतविक्षत अवस्थामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ । फाेटाे : मार्फत अमृत गुरुङ

Advertisment