एभरेस्ट एफएमको रक्तदान कार्यक्रम , १८६ यूनिट रगत संकलन

पोखरा, मंसिर ११ । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता चन्द्रकान्त पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।

रक्तदान गर्ने १८६ जना मध्ये १५१ जना पुरुष र ३५ जना महिला रहेको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रममा २५ प्रतिशत पहिलो रक्तदाता थिए । शनिबार भएको रक्तदानमा ४५ जनाले पहिलोपटक रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा रेडियोका स्रोतासहित भि.ए.डब्लू. इन्टरप्राइजेज, यामाहा शोरुम नयाँबजार, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, पोखरा बस व्यवसायी समिति, पूर्वाञ्चल सेवा समाज पोखरा, भानुभक्त आवासिय मावि, सिद्ध मावि नयागाउँ, साहारा क्लव पोखरा, नेलम्बो नेपाल, वाईसिएल नेपाल, फिस्टेल नर्सिङ हस्पिटल, क्षेत्री समाज कास्की , दङ्गा प्रहरी गण ड्यामसाइड, पोखरा लेडी जेसिस, नेपाल ज्योतिष पत्रकार महासंघ लगायत संस्थाले संस्थागत सहभागिता जनाएका थिए ।

मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान कार्यक्रम गरिएको गरिएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।

क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङ अस्पताल गैह्रापाटनको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नेलम्बो नेपाल गैह्रापाटन, आस्था किड्नी एण्ड स्पेसलाईज्ड हस्पिटल प्रा.लि. रानीपौवा, पोखरा ओम हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि. महेन्द्रपुल, फेवा सिटी अस्पताल प्रा.लि., मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा, यूनाइटेड रेफरेन्स ल्यावरोटरी प्रा.लि., कस्केली फार्मेसी विन्ध्यबासिनी, पञ्चम आयूर्वेद क्लिनिक प्रा.लि.इन्द्रचोकको सहयोग रहेको रेडियोका मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै कार्यक्रमलाई सफल बनाउन हिमालय जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स न्यूरोड, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि. न्यूरोड, मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँबजार, हङकङ ब्यूटी इन्स्टीच्यूट एण्ड क्लारा इन्टरनेश्नल व्यूटी कलेज महेन्द्रपुल, परिचय डटकम, बि एण्ड आशिष ट्रेडिङ न्यूरोड, आशिष इलेक्ट्रिक अर्चलबोट, डाँफे होटल लेकसाइड, द्वा इलेक्ट्रो इण्ड्रष्ट्रिज तेर्सापट्टी, एक्सएल सफ्ट टेक प्रा.लि. न्यूरोड, पोखरा महानगरपालिका वडा नम्बर–२०, शोभा भूजेल (पोखरा लेडि जेसिस पूर्व अध्यक्ष), पूर्ण श्रेष्ठ (अध्यक्ष यूथ कम्यूनिटी क्लव), रमिला गुरुङ–अमला भट्टचन (जोमसोम सेलरोटी एण्ड फ्रोजन मःम),भट्टराई पोल्ट्री प्रा.लि. बैदाम, स्टेशन दी फुड एण्ड ससेज रेष्टुरेन्ट निभागल्ली, चिप्लेढुंगा, बेम्बो क्याटरिङ सर्भिस ड्यामसाइड, दी भिलेज रेष्टुरेन्ट चिप्लेढुंगा, जनता क्याटरिङ एण्ड टेन्ट हाउस लगातले सहयोग गरेको मार्केटिङ डाइरेक्टर श्रेष्ठले बताए ।

रेडियोले दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार माछापुच्छ्रे गाउँपालिका–२ को बाराही आधारभुत विद्यालय खांदरजुङमा न्यानो कपडा वितरण गरेको थियो । सो विद्यालयमाअध्ययनरत ४३ जनाविद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) वितरण गरेको हो । यसअघि एफएमले रेडियो शुभारम्भको अवसरमा गत वर्ष सामाजिक उत्तरदायित्व वहन अन्र्तगत मानव सेवा आश्रम पोखरालाई एक लाख ५० हजार सहयोग हस्तान्तरण गरेको थियो ।

रक्तदान कार्यक्रमलाई सफल बनाउन प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा विभिन्न ११ वटा उपसमिति गठन गरेको थियो ।

Advertisment