एमाले कास्की अध्यक्षमा गुरुङ विजयी

पौष २८, पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी हुनुभएको छ ।
यसअघि उपाध्यक्ष भएर कार्यबाहक अध्यक्षको पनि जिम्मेवारी सम्हालेका गुरुङ अध्यक्षमा विजयी हुनुभएको हो ।
गुरुङ कास्की क्षेत्र नम्बर १ को प्रदेख क बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्बाचित सांसद हुनुहुन्छ ।

जिल्लाभर बाट कुल ८९५ जना प्रतिनिधी रहेकोमा अध्यक्षमा विजयी गुरुङले ४५६ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी प्रत्यासी दामोदर बैरागी पराजित हुनुनुभएको छ । बैरागी गत स्थानिय निर्वाचनमा अन्नपुर्ण गाउंपालिकाको वडा नम्बर – ५ मा वडा सदस्यमा पराजित हुनुभएको थियो ।

यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी (४२१), सचिवमा बैनबहादुर अधिकारी क्षेत्री (४७५), उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) मतका साथ विजयी हुनुभएको छ ।
सर्वसम्मत गर्ने भन्दै एकदिन लम्बाईएको अधिबेशनमा प्रयास विफल भएपछि गुरूङ र बैरागी आआफ्नो समूह बनाएर चुनावमा होमिएको थियो ।

एमाले केन्द्रीय उपमहासचिव एबं गण्डकी प्रदेशका निबर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मनबहादुर र संगठन विभाग प्रमुख एबं पुर्बमन्त्री खगराज अधिकारीले दामोदरलाई समर्थन गरिएको बताईन्छ ।
निर्वाचनमा मनबहादुर समूहबाट उपाध्यक्ष पदमा अधिकारी निर्बाचित भएपनि सचिव तथा उपसचिवहरु भने दामोदर समूहबाट बिजयी भएको देखिन्छ ।

Advertisment