माघे संक्रान्ति / माघी पर्वकाे कृषि मन्त्री दिपक थापाकाे शुभकामना

पोखरा, माघ १ । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ काे अवसरमा गण्डकी प्रदेशका कृषि मन्त्री दिपक थापाले एक बिज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन । मन्त्री दिपक थापाकाे बक्तब्य जस्ताकाे तस्तै हेर्नुहाेला ।
माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा समस्त नेपाली तथा विषेश गरी गण्डकी प्रदेशमा वसोवास गर्ने नागरिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु । यस दिनलाई भिन्न समुदायले आआफ्नै तरिकाले मनाउने परम्परा रहि आएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि माघे संक्रान्ति अर्थात् माघी ठूलो पर्व हो ।

खगोल शास्त्रका अनुसार यो दिनमा सूर्य धनु राशीबाट मकर राशिमा प्रवेश गर्दछ । त्यसैले यस दिनलाई मकर सक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । पौराणिक, धार्मिक एवं सामाजिक महत्व बोकेको यस पर्वले नेपालको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्दै आएको छ ।
सामान्य अवस्थामा यो पर्व नदी तलाउहरुमा स्नान गरी साथै अन्य विविध कार्यक्रमहरु गरी भव्य रुपले मनाईने गरिको सन्दर्भमा मुलुक कोरोना भाईरसको तेस्रो लहरको. सम्मुखमा रहेकाले स्वास्थ्य मापदण्डलाई ध्यान दिई मनाउनुहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अपिल गर्दछु ।

नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता अनि धर्मनिरपेक्षता रहेको छ । बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधता नै हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष रहेको छ । यो र यस्तै पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास मैले लिएको छु । यस पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि सम्बृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास मैले लिएको छु ।

मिति ः २०७८ माघ १

मानननीय मन्त्री
दिपक थापा

Advertisment