कास्की कांग्रेस कोषाध्यक्षमा कर्माचार्य, प्रशिक्षण बिभागमा भण्डारी

पोखरा । माघ ६, नेपाली कांग्रेस कास्कीले अधिबेशन भएको करिब दुई महिना पछि कोषाध्यक्ष पाएको छ । पार्टीको विधान बमोजिम सभापतिको प्रस्ताबमा निर्वाचित जिल्ला सदस्य मध्येबाट कार्यसमितिको सहमतिमा कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था रहेको छ । सोही बमोजिम जिल्ला सदस्य माइकल कर्माचार्यलाई सभापती किशोरदत्त बरालको प्रस्ताबमा नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा नियुक्ती गरिएको छ ।

कास्की कांग्रेसको शनिबार बसेको बैठकले युवा उद्योगी कर्माचार्यलाई कोषाध्यक्षमा चयन गर्नुका साथै पार्टीको प्रशिक्षण बिभाग प्रमुख समेत चयन गरिएको छ ।
बिधान बमोजिम दुई उपसभापती मध्ये सिनियर्टीको आधारमा उपसभापती रामबाबु भण्डारीलाई प्रशिक्षण बिभाग प्रमुखको जिम्मेवारी दिईएको एक जिल्ला सदस्यले जानकारी दिएका छन् ।

बैठकले सरकारले मुल्य वृद्धि नियन्त्रण र कोभिड रोकथाम एवं खोप कार्यक्रम लाई प्रभावकारी बनाउनुपर्ने माग गरिएको सहसचिव नवीन सिग्देलले जानकारी दिएका छन् ।

Advertisment