लुम्लेमा श्री सिद्ध आधारभूत बिद्यालय को ६७ औ बार्शिकोत्सव सम्पन्न

पोखरा । फागुन १४, अन्नपूर्ण गाउंपालिका वडा नम्बर ६ लुम्लेमा अवस्थित श्री सिद्ध आधारभूत बिद्यालय को ६७ औ बार्शिकोत्सव सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष नुमलाल देब्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिथि वडाध्यक्ष चित्र बहादुर गुरुङले मुलुकमा संघियता लागु भएतापनि शिक्षा मा ठोस निति कार्यक्रम आउन समस्या परिरहेको बताउनुभयो ।

हाल विभिन्न शिक्षाप्रेमि ब्याक्तित्वहरुको सहयोगमा बिधालय मा रु ५ लाख को अक्षयकोष स्थापना गरिएको बिधालयका प्र अ टंकप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा प्रेमि भक्तिराम देवकोटाले शुभकामना र बिधालयका शिक्षक नारायण देवकोटाको स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको संचालन शिक्षक नबिन भण्डारी गर्नुभएको कुरा बिधालयका शिक्षक सन्तोष सुबेदीले युनाईटेड खबरलाई जानकारि दिनुभएको छ ।

Advertisment