कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण, जित्न सक्नेलाई मात्र टिकट : शुक्रराज शर्मा

पोखरा । फागुम २१, नेपाली कॉग्रेस पोखरामहानगर समितिको आयोजनामा महानगरका अगुवा कार्यकर्ताहरूको लागी एक दिने प्रशिक्षण कार्यक्रम हिजो सम्पन्न भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति श्री शुक्रराज शर्माले स्थानीय निर्वाचनमा जीत हासिल गर्न कांग्रेसले आन्तरिक वैमनश्यता त्याग्नुपर्ने बताउनु भएको छ । स्थानीय निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरु बढिरहेको भन्दै उहॉले ईमान्दार, चरित्रवान र जित्न सक्नेलाई मात्र पार्टीले टिकट दिइनुपर्नेमा जोड दिनुभयो ।
अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सभापति शर्माले देशको माया गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताउंदै जनताको सेवक कांग्रेस भएको स्पष्ट पार्दै कांग्रेस भित्रका समस्याहरु अन्त्य गरेर आगामी चुनावमा होमिनुपर्ने बताउनु भयो ।
प्रशिक्षणमा महानगर कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा महानगरका ३३ वटै वडाका सभापतिहरू सहभागी थिए । उक्त अवसरमा नेपाली कांग्रेस कास्कीका सभापति श्री किशोरदत्त बरालले प्रशिक्षकको रूपमा वोल्दै हरेक नेता वा कार्यकर्ताहरूमा रुपान्तरणको आवश्यकता रहेको औंल्याउनु भयो । 
‘रुपान्तरणको अभावले व्यक्ति मात्र होईन पार्टी नै कमजोर हुँदै गएको छ’ उहॉले भन्नु भयो, ‘हामी जहाँ थियौं त्यही अडिरहन सकेनौं, चिप्लिँदै गयौं, खस्किँदै गयौं । जिल्ला सभापति बरालले कांग्रेसको सिद्धान्त र आदर्शलाई जिम्मेवारीमा रहेकाहरुले पालना नगर्दा पार्टी कमजोर हुंदै गएको भन्दै आशन्न निर्वाचनहरुमा कांग्रेस नागरिकको एजेण्डासहित जाने बताउनु भयो ।
अर्का प्रशिक्षक एवं महासिमिति सदस्य अधिवक्ता श्री रामचन्द्र त्रिपाठीले नेपाली कांग्रेसको सांगठनिक सुदृढि़करणमा सुशासनको महत्वबारेमा प्रकाश पार्नु भएको थियो । उहॉले पार्टीप्रति दृढ रहि सैद्धान्तिक बहसमा लाग्नुपर्नेमा जोड दिनु भयो ।
प्रशिक्षक एवं महासमिति सदस्य श्री देवराज चालिसेले चुनावी प्रतिस्पर्धामा जानुअघि रणनीति बलियो बनाएर अगाडि बढ्नुपर्नेमा दिनु भयो । एम सि सि आफैमा राम्रो सहयोगको अफर भएको र त्यस्लाई सहर्ष स्वीकारी शिघ्र कार्यान्वयनमा जानु पर्नेमा जोड़ दिनु भयो । अर्का प्रशिक्षक महासमिति सदस्य एवं नेपाल सरकारका पुर्व सचिव श्री बाबुराम आचार्यले महानगरमा रूपान्तरणको विषयाकार कार्यपत्र प्रस्तुत गर्दै लोकतान्त्रिक समाजवादले मात्रै समतामुलक समाज निर्माण हुनेमा जोड दिनुभयो ।
प्रशिक्षक एवं नेपाल उध्योग वाणिज्य महमसंघका पुर्व अध्यक्ष श्री आनन्दराज मुल्मीले आशन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस पोखरामहानगर कार्य समितिको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रकाश पार्नु भएको थियो । उहॉले पोखरा महानगरले गर्न नसकेका कामका बारेमा चनाखो हुनुपर्ने वताउनु भयो ।

नेपाली कांग्रेस पोखरामहानगर कार्यसमितिका सभापति श्री सुरेन्द्र विजुक्छेले सभापतित्व गर्नु भएको कार्यक्रममा उहॉले सवै सहभागीहरूलाई स्वागत गर्दै पोखरामहानगर भित्रका कार्यकर्तालाई राजनीतिक रुपमा प्रशिक्षित गर्न कार्यक्रम गरिएको वताउनुभयो ।
पार्टी सचिव श्री टुवराज बाँस्तोलाले कार्यक्रम संचालनको क्रममा यस्ता प्रशिक्षण कार्यक्रम महानगरलाई Cluster wise क्लस्टर क्लस्टर माँ विभाजन गरेर थप प्रशिक्षण समेत दिई आसन्न निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारलाई विजयी गराउन पार्टी अग्रसर रहेको वताउनु भयो ।

कार्यक्रममा सहभागीहरूको तर्फवाट महानगर सदस्य श्री धनन्जय पौडेलले कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र आफुहरूले प्रशिक्षणार्थी भएर सिकेका कुराहरूलाई स्थानिय स्तरमा गई पार्टी र संगठनलाई वलियो वनाउन लागी पर्ने वताउनु भयो ।
महानगरका उप सभापति श्री प्रयागराज भन्डारीले कार्यक्रमको अन्तमा सवै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा २५० जना भन्दा वढीले भाग लिनु भएको कुरानेपाली कॉग्रेस पोखरामहानगर समिति सचिव टुवराज वास्तोला “विशाल’ले जानकारी दिनुभएको छ ।

Advertisment