कांग्रेस गण्डकी सभापती शर्मालाई महिला संघको ज्ञापनपत्र

पोखरा । चैत २४,
नेपाल महिला संघ गोरखा जिल्ला कार्यसमितीले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितीका सभापति शुक्रराज शर्मालाई एक ज्ञापनपत्र बुझाउंदै आगामी निर्वाचनमा महिलाको ३३% सुनिश्चित गर्न माग गरेको छ ।
महिला संघ गोरखाको कार्यालयमा महिला संघका क्षेत्रिय समिती, नगर समिती लगायतको संयुक्त बैठक बसि सो माग गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
महिला संघ गोरखाका सभापती मन कुमारी गुरुङद्दारा हस्ताक्षरित ज्ञापनपत्रमा आगामी बैशाख ३० मा हुने निर्वाचनमा वडा अध्यक्ष, गाउंपालिका अध्यक्ष र नगर पालिकाको प्रमुखमा ३३% महिला सुनुश्चित गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले आफु पार्टीले तोकेको बिधी र बिधानलाई सर्बोपरि मानेर निर्णय लिनेमा संधै लागिरहने बताए । प्रदेश सभापती शर्माले संघियता कार्यन्वयन गर्ने क्रममै रहेको हुनाले मुखैमा आईसकेको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसलाई बिजय गराउन सकृय रहन समे आह्नवान गरेका थिए ।

Advertisment