स्याङजा वालिङ ३ मा कांग्रेसबाट ढल बहादुर गुरुङ वडाअध्यक्ष उम्मेदवार

अजय केसी,
पोखरा, १३ बैशाख,

स्थानीय तहको चुनाव अन्तर्गत स्याङजाको वालिङ नगरपालीका वडानम्बर ३ को वडाअध्यक्षमा कांग्रेसका ढल बहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

कांग्रेसले सो वडाको वडासदस्यमा खुल्लातर्फ धनु गुरुङ र डेम बहादुर गुरुङ, महिला सदस्यमा नरमाया गुरुङ र दलित सदस्यमा यामकुमारी सुनारलाई उम्मेदवार बनाएको छ । लामो समय देखि कांग्रेसको राजनितिमा क्रियाशिल ढल बहादुर गुरुङलाई यस वर्ष कांग्रेसले वालिङ नगरपालीका ३ को वडाअध्यक्षको उम्मेदवार बनाएको हो । कांग्रेसको निर्वात्तमान वडा इकाई सभापति समेत रहेका उनी स्थानीय राजनितिको राम्रो अनुभव संगालेका नेता हुन् । स्थानीय विकासमा अग्रसर, युवा माझ लोकप्रिय उनलाई वडाअध्यक्षको दरियो उम्मेदवारका रुपमा हेरिएको छ ।

वडाअध्यक्षको उम्मेदवारी दिदै उनले वडा नम्बर ३ अन्र्तगतका गाँउहरुमा यातायात, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायत विकासका कार्यलाई पहिलो प्रथामिकतामा राख्ने बताए । संस्कार, संस्कृतिले धनी र पर्यटकिय सम्भवना बोकेको ठाँउ भएकाले स्थानीय स्रोतसाधन कै उचित उपयोग गरि स्याङ्जा कै नमुना गाँउ बनाउने उनको दावी छ । उम्मेदवार गुरुङले वडालाई गुरुङ समुदायको संग्रहालयका रुपमा विकास गर्ने समेत बताएका छन् । वडाका गाँउहरुमा रहेका धार्मिक स्थल, तमु भाषामा रहेका ठाउका नामहरुलाइ जिवित तुल्याउदै माझकोटमा रहेका तमुहरुको वास्ताविक इतिहास खोजी गरिनुका साथै ईतिहासिक गुफाहरुको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका छन् । साविक माझकोट शिवालय गाबिस र हालको वालिङ नगरपालीका वडानम्बर ३ को वडाअध्यक्षमा यस अघि कांग्रेसबाटै शुकराज गुरुङले जितेका थिए ।

Advertisment