एलपी ग्यास छोडौं, बिजुली जोडौं

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाइने बताउनुभएको छ । द्रुतमार्ग निर्माण कार्य तीन वर्षमा सम्पन्न गरिनेछ, पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड विनियोजन गरिएको छ ।

मदनभण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड विनियोजन, पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम ल्याइने र पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने कार्यलाई तीव्रता दिइनेछ ।

आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडक सञ्जाल विस्तार हुनेछ । कालोपत्र हुन बाँकी जिल्ला सदरमुकाम पुग्ने सडकका लागि रकम विनियोजन, हुलाकी राजमार्गका लागि ६ अर्ब सात करोड रुपियाँ रकम विनियोजन, काठमाडौंको कोटेश्वर र नयाँ बानेश्वरमा अण्डरपास निर्माणको काम सुरु गरिने छ । निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि सात अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

सडकको मर्मतका लागि सात अर्ब ९४ करोड विनियोजन छ भने तराई काठमाडौं फास्ट ट्रयाक निर्माण आगामी तीन वर्षभित्र सकिने छ । जसका लागि ३० अर्ब सात करोड विनियोजन, प्रमुख शहरमा सार्वजनिक यातायातमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने छ । सवारी चालक आवेदन दिएको एक महिनाभित्र परीक्षा दिने व्यवस्था मिलाइने भएको छ ।

नेपालको पानी जनताको लगानी

नेपालको पानी जनताको लगानी सुरू गरिने छ । आगामी दुई वर्षभित्र सबै जनतालाई विद्युत् सुविधा उपलब्ध गराइने छ । रेल र मेट्रो रेलका लागि छ अर्ब ५३ करोड रुपियाँ विनियोजन, ऊर्जा खपत विशेष योजना बनाइने छ ।

आगामी वर्ष सात सय १५ मेगावाट थप विद्युत् राष्ट्रिय प्रशारण केन्द्रमा जोडिने, चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी–नारायणगोपाल चोक सडकखण्डको विस्तारका लागि एक अर्ब रुपियाँ रकम र माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक अर्ब रुपियाँ बजेट छुट्याएको छ ।

एलपी ग्यास छोडौं, बिजुली जोडौं अभियान सञ्चालन गरिने छ, आगामी साउन महिनाभित्र ग्यास चुल्हो विस्थापित गरेर विद्युतीय चुल्हो प्रयोगलाई देशव्यापी बनाइने छ । परम्परागत इँट्टा भट्टालाई विद्युतीय इँट्टा भट्टमा परिवर्तन गर्दै लगिने छ । तीन महिनाभित्र महानगरका सरकारी कार्यलयमा ग्यास चुलो हटाएर विद्युतीय चुलो राखिने आर्थिक वर्ष २०७९–०८०को बजेटमा उल्लेख छ ।

Advertisment