राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी

काठमाडौं । असार ३,  राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव झलकराम अधिकारीले जिम्मेवारी समाहल्नुभएको छ । अधिकारीले बुधबार पदभार ग्रहण गर्नुभएको हो ।
महानिर्देशकबाट प्रकाश पौडेल लाई बिदा गरि सरकारले सो जिम्मेवारीमा अधिकारी लाई ल्याईएको हो ।
मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत अधिकारीले राजस्व महानिर्देशकको जिम्मेवारी पाएसँगै कार्यभार सम्हाल्नुभएको छ ।
कास्कीका अधिकारी यसअघि वातावरण विभागका महानिर्देशक, शहकारी बिभाग प्रमुख, बिभिन्न मन्त्रालय, नगरपालिका स्थामिय तहमा काम गरेको अनुभव पनि रहेको छ। वहां ठुला करदाता कार्यालयमा प्रमुखका रुपमा काम गरिसक्नुभएको छ । यस्तै तालिम केन्द्रको प्रमुखका रुपमा पनि काम गरिसक्नुभएका अधिकारी आफ्नो काम गर्ने क्षमतामा अब्बल नै मानिनुहुन्छ ।

Advertisment