पोखरामा पहिलो पटक मृगौला प्रत्यारोपण

पोखरा । असार १०, पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । बिहीबार पोखराको रामघाटमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक महिलाको सफल प्रत्यारोपण गरिएको हो ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको विशेषज्ञ चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ सहितको टोलीले क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ५० वर्षीय महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरेको हो ।

नेपालमा यस अघि काठमाडौँ र चितवनमा मिर्गौला प्रत्यारोपण गरिँदै आए पनि पोखरामा भने पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

भक्तपुरका को टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा.अनुप चापागाईँ, डा.माया लामा, डा.जुजु श्रेष्ठ, डा.अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा.भरत खत्रीले जानकारी दिनुभएको छ ।

मिर्गौला प्रत्यारोपण गरिएको महिलालाई वहांकै श्रीमानले मिर्गौला दिनुभएको छ । पोखरामा मिर्गौला संक्रमणका कारण निजी तथा सरकारीमा गरि दैनिक ५ सय भन्दा बढी बिरामीले डायलिसिस गरिरहेको बताईन्छ । पोखरामा मिर्गौला प्रत्यारोपण सफल भएकाले आगामी दिनमा यो सेवालाई अझ प्रभावकारी रूपमा अगाडी बढाउँदै लगिने योजना रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Advertisment