गण्डकी प्रदेश कार्यालयमा कांग्रेस नेता केसी, “देश निकै गम्भीर अवस्थामा”

पोखरा । असार १२

नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यालयमा आइतबार काङ्ग्रेस नेता अर्जुननरसिंह के. सी ले अगुवा नेता तथा कार्यकर्ता संग साक्षत्कार गर्नुभएको छ। आइतबार पार्टी कार्यालयमा पार्टीले गरेको कार्यक्रम र गतिविधिका बारेमा समेत जानकारी लिनुभएको छ ।

कार्यक्रममा बोल्नुहुंदै नेता केसीले पार्टीमा उठेका बिचारहरुलाई प्रजातान्त्रिक मध्यमबाट बहस, छलफल गरि निर्णय लिनुपर्ने बताउनुभयो । वहांले अहिले भु-राजनीतिक हिसाबले देश निकै गम्भीर अवस्थामा रहेको हुंदा राष्ट्रहित हुने गरि बिदेश निति र राष्ट्रिय सुरक्षा नितिमा सम्पूर्ण दलको एउटै धारणा हुनुपर्ने नेता केसीले स्पष्ट पार्नुभएको थियो ।
अगुवा कार्यकर्ताहरुको भेटमा नेता केसीले गण्डकी प्रदेशले गरेको कार्य बाट अन्य प्रदेशले पनि अनुकरण गर्नुपर्ने बताउनुहुंदै केन्द्र र प्रदेशको समन्वयमा पार्टीको बिधि बिधानलाई शिरोपर गरेर नेता, कार्यकर्ता अगाडी बढ्नुपर्ने कुरामा समेत जोड दिनुभयो ।

यस अघि गण्डकी प्रदेश कार्यालयमा सभापति शुक्रराज शर्माले पार्टीले स्थानिय तह निर्वाचनमा खेलेको भुमिका, स्थानीय तहको निर्वाचनमा प्रदेशको अधिकार क्षेत्रमा केन्द्रबाट हस्तक्षेप, र आगामी निर्वाचनमा पार्टी लाइ बिजय गराउन काङ्ग्रेसको सम्पुर्ण संरचनाहरु परिचालित गराउनुपर्ने बताउनुभएको थियो ।

सभापति शर्माले पार्टीका सबै तह बिचको समन्वय, जनताको समृद्धिको चाहाना प्रजातान्त्रिक पद्धतिबाट मात्र हासिल हुने, राष्ट्र सम्पन्न बनाउन ब्यक्तिलाइ स्वतन्त्र बनाउनुपर्ने र उ भित्र रहेको सम्भावना लाइ राष्ट्र हितमा उपयोग गर्नुपर्ने पनि वहांले प्रष्टयाउनुभयो ।

महामन्त्री किरण बाबु श्रेष्ठले पार्टीलाइ सुचना प्रबिधि मैत्री पार्टी बनाउन सुचना प्रबिधि कक्ष संचालन गरि कार्यसमिति लाइ प्रबिधि मैत्री बनाउने अभियान गण्डकी प्रदेश समितीले सुरुवात गरेको जानकारी दिनुभएको थियो ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, महामन्त्री किरण बाबु श्रेष्ठ, प्रवक्ता माधब बास्तोला, प्रदेश सदस्य शिरोमणी बराल, मुख्य सचिब प्रकाश बराल, कांग्रेस पोखरा महानगरपालिकाका सभापति सुरेन्द्र बुजुक्छे, सुचना प्रबिधि तथा सामाजिक संजाल संयोजक ई. पारस रेग्मी लगाएतका अगुवा नेता/कार्यकर्ता संग साक्षत्कार भेट गर्नुभएको थियो ।

 

Advertisment