जापान । असार ३२,
तमु धिं जापानले यहि अगष्टको २१ तारिखमा २४ औं रोधी सांझ तथा बिभिन्न राष्ट्रिय कलाकारहरुको सहभागितामा बिविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो कार्यक्रममा चर्तित मंगोलियन हार्टका राजु लामाको बिशेष प्रस्तुति रहने तमु धिं जापानका संरक्षक एबं पुर्ब अध्यक्ष श्री गुरुङले जानकारी दिएका छन ।
तमु धिं जापानको गत जुलाई १० तारिख आईतबारका दिन बसेको नियमित बैठक अन्तर्गत ओकोबु स्थित शीशा रेस्टुरेन्टमा बसेको बैठकले सो निर्णय गरिएको हो ।
तमु धीं जापानका अध्यक्ष श्री रमेश कुमार गुरूङको अध्यक्षतामा बसेको बैठकले २४ औं रोधी साँझ २०२२ मा पप गायक राजु लामा तथा स्थानीय कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रमबाट बचत भएको रकम पोखराको काँहुंडांडामा बन्न लागेको बुद्ध मण्डलालाई सहयोग गर्ने निर्णय गरिएको पूर्व अध्यक्ष श्री गुरुङले जानकारी दिएका छन ।
संरक्षक ईश्वर गुरुङ, संरक्षक एबं पूर्व अध्यक्ष श्री गुरुङ लगायतले रोधीलाई निरन्तरता दिनका लागी पनि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
तमु धिं जापानको २४ औं रोधी सांझ, बचत रकम पोखराको धर्मकाया बुद्द मण्डलालाई
July 16, 2022
614
Advertisment



