मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण, सचिवालयमा खैलाबैला !

पोखरा । श्रावण ३, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार भरत कोईरालाले जानकारी दिएका छन ।
मुख्यमन्त्री पोखरेललाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो ।
चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ ।
बुधबार बिहान पोखरेललो थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल पोखराको सरकारी निवासमै मुख्यमन्त्री पोखरेलले आराम गरिरहेका छन ।
आराम गरिरहेका मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण बढेकामा आम समुदायमा सतर्क रहन आग्रह गर्दै मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन । यसैबिच मुख्यमन्त्रीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि सचिवालयका कर्मचारी, मन्त्रीहरु र मन्त्रालयका सचिबहरु कन्ट्याक ट्रेसिडं्मा पर्नसक्ने बाहिर लख काटिरहेको छ । तर मुख्यमन्त्री पोखरेल भने पार्टीको केन्द्रिय समितीको बैठक सकेर पोखरा आएपछि कार्यालय नगएको हुनाले कुनै पनि सचिवालयका कसैसंग सम्पर्क नभएको प्रेस सल्लाहकार कोईरालाले प्रष्टयाएका छन ।
फाईल – तस्बीर

Advertisment