१०९ औं बि.पि जयन्तीमा प्रविधि कक्ष स्थापना

भाद्र २४, पोखरा ।

नेपाल काँग्रेस गण्डकी प्रदेशद्वारा विपी जयन्तीको अवसरमा सूचना सञ्चार तथा प्रचार–प्रसार विभाग अन्तर्गतको सूचना प्रविधि कक्षको उद्घाटन भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा स्थापना गरिएको विभागमा शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मनिटर अन गरेर कक्षको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्नुहुंदै सभापति शर्माले गण्डकी प्रदेश कार्यालयलाई समय सापेक्ष अगाडि बढाउँदै लाने क्रममा प्रविधा कक्षको सुरुवात भएकोमा प्रसन्नता ब्यक्त गर्नुभयो । वहांले प्रदेशका गतिविधिलाई प्रदेश कार्यालयबाट नै सूचना सम्प्रेषण गर्ने, साइवर सुरक्षा गर्ने जस्ता काम विभागले गर्न निर्देशन दिनुभयो ।

सामाजिक सञ्जालमा प्रदेशका गतिविधि समेत प्रभावकारी बनाउने उद्देश्य सहित स्थापना गरिएको बताउनुहुंदै आगामी दिनमा केन्द्रीय नीति “जनताको साथमा नेपाली कांग्रेस”लाई सहयोग पुग्ने अपेक्षा बिश्वास समेत सभापति शर्माले ब्यक्त गर्नुभएको थियो ।
जनताको भावनालाई आत्मसात गर्दै अगाडि बढ्न नेपाली कांग्रेस स्थापना कालदेखि नै काम गर्दै आएको र आगामी दिनमा समय अनुसार प्रदेशले आफ्ना गतिविधि सार्वजानिक गर्ने नयाँ प्रविधि प्रयोग गरेको सभापति शर्माले प्रष्टयाउनुभयो ।

त्यसैगरी सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागका उपप्रमुख शिरोमणी बरालले सञ्चार क्षेत्रबाट नै जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा नेपाली काँग्रेसका गतिविधि जनतामा पु¥याउनको लागि विभागले काम गर्ने, आगामी दिनमा आवश्यकअनुसार सेवाहरु थप गर्ने जानकारी दिनुभयो ।

यसैगरि कांग्रेस गण्डकी प्रदेशले स्थापना गरेको करिब ३० लाख रुपैयाँको अक्षयकोषमा प्रदेश सभापति शुक्रराज शर्माले २५ हजार नगद हस्तान्तरण गर्दै पुरस्कारको थालनी गर्नुभएको छ। त्यसैगरि वीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले १ लाख सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभएको छ । उक्त अक्षयकोषबाट गण्डकी प्रदेशका ११ जिल्लाका ११ जना उत्कृष्ट व्यक्तिलाई प्रत्येक वर्ष नगद २५ हजार र दोसल्ला सहित सम्मान गर्ने लक्ष्य रहेको गण्डकी प्रदेशका प्रवत्ता माधव प्रसाद बाँस्तोला (मधु)ले जानकारी दिनुभयो ।
कार्यक्रममा उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबावु श्रेष्ठ, विष्णु लामिछाने, कास्की जिल्ला सभापति किशोर बराल, पूर्व सभापति कृष्ण केसी, वीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, नेता देवराज चालिसे, प्राध्यापक डा. कुशुमाकर न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको पार्टीका गण्डकी प्रदेश प्रचार बिभागका सदस्य-सचिब राज बहादुर गुरूङले जानकारी दिनुभएको छ ।

Advertisment