बैदामको बगैंचा टोल बिकासको तेस्रो साधारण सभामा

गणेश पहारी ।
पोखरा, असोज १० । पोखरा महानगर पालिका वडा नं ६मा अवस्थित बगैचा टोलविकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभा सँगै आउदै गरेको विजया दशमी तथा शुभदिपावलिको सन्र्दभमा शभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका वडा नं ६का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले बैदाममा रहेको अरु टोलविकास संस्था भन्दा बगैचा टोल विकास संस्था पृर्थक रहेको बताए । वडामा हुने प्रत्येक गतिविधिमा टोलविकास संस्था अग्रसर रहीरहेको र आफ्नो टोलमा सरसफाई देखी विभिन्न सामाजिक कार्य गर्दै आएकोमा धन्यबाद ब्यक्त गरे । बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले यँहाको हरेका कामहरु पर्यटकहरु बाट मुल्याङकन हुनै हुदा संस्थाले पर्यटक लाई आर्कषण हुने कार्य गर्ने आग्रह गरे । बैदाम क्षेत्रलाई “उज्यालो बैदाम” बनाउने कार्यमा वडा कार्यालय लागि परेको जानकारी दिदै बैदाम क्षेत्रका मुख्य चोक र भित्री बाटाहरुमा ५० देखी ३० वाडका बिजुलीका बल्वहरु राख्नका लागि वडा बाट रु ८ लाख रुपैयाको टेन्डर आव्हान गरि काम अगाडि बढेको सुनाए । बैदाम पर्यटकको प्रमुख आर्कषण केन्द्र रहेको स्मरण गर्दै, ६ ठाउँमा पर्यटक र अपाङमैन्त्रि स्मार्ट शोचालय बनाउने योजना रहेकोल,े महानगर सँग बजेट निकासाका लागि छलफल भइरहेको बताए ।
कार्यक्रममा फेवा ढुङ्घा ब्यवसायी संगठन बैदामका अध्यक्ष बलराम गिरीले संस्थालाई गतिशिल र जिबन्त बनाउनका लागि संस्थामा आवद्ध ब्यक्तिहरुको भुमिका अहम् हुने बताए । उनले आफ्नो कर्तब्य सहि तरिकाले निर्वाह गरेमा संस्थाको उन्नति र प्रगति हुने हुदा यसलाई ब्यबहारमा लागु गर्ने आग्रह गरे । वडा सदस्य बासु बरालले वडाको विकास निर्माणका लागि वडा समितिको कार्यालय स्थानिय संघ संस्थाहरु सगँ सहकार्य गरि अगाडि बढने प्रतिबद्धता ब्यक्त गरे ।
संस्थाका अध्यक्ष मिना ढकालले संस्थाको शाख जोगाई राख्न संस्थाका सपूर्ण सदस्यहरुको विषेश भुमिका रहने बताउदै, सहमति र सहकार्यबाट नै संस्था सफल हुने ओल्याईन ।
सभाअध्यक्ष मिना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकाल, सचिब रेनु लामिछाने र कोषाअध्यक्ष राम ढकाल लगाएतका बक्ताहरु आफ्ना भनाई राखेका थिए ।

Advertisment