कालिका बहुमुखी ३१ औं वर्षमा, नमुना क्याम्पस बनाउन जोड

पौष १२, पोखरा ।
पोखराको काजिपोखरी स्थित कालिका बहुमुखी क्यम्पस ३१ औं वर्षमा प्रवेश गरेको छ । २०४८ सालमा स्थापना भएको क्याम्पसले मंगलबार विविध कार्यक्रमको आयोजना गरी ३१ औं वर्षगाठ मनाएको हो । व्यवस्थापन र मानविकि संकायमा ८९ जना विद्यार्थी भर्ना गरेर स्थापना भएको क्याम्पसमा हाल मानविकि, व्यवस्थापन र शिक्षाशास्त्र संकाय र दश जोड दुईमा एक हजार चार सय बिद्यार्थी अध्यनरत छन् । क्याम्पसमा ग्रामिण विकासमा स्नातकोत्तर तह संचालन गरिएको क्याम्पस प्रमुख बिरन्जि गौतमले बताए । “क्यम्पसमा २०७० सालदेखि स्नातकोत्तर तहमा ग्रामीण विकासको पढाइ सुरु गरेका छौं” गौतमले भने । प्राध्यापकहरुको क्षमता अभिवृद्धिकालागि मिनि रिसर्च सम्बन्धि गोष्ठी र कार्यशाला संचालन गर्दै जाने उनले जानकारी दिए ।
गौतमका अनुसार हाल क्यम्पसमा ९ ओटा शैक्षिक कार्यक्रम संचालन छन् ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लिराज शर्माले कालिका बहुमुखी क्याम्पस पोखराकै नमुना क्याम्पस बनाउनु पर्नेमा जोड दिए । क्याम्पसको स्तर वृद्धिका लागि आफुले सहयोग गर्ने शर्माले प्रतिवद्द्ता व्यक्त गरे । क्यम्पसका निवर्तमान प्रमुख रविन्द्र बस्तोलाले सिमित स्रोत र साधनका वावजुत क्यम्पसले गुणस्तरिय शिक्षा प्रदान गरेको उल्लेख गरे । क्यम्पस संचालक समितिका सभापति किरण केसीले क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिने उल्लेख गरे ।
बार्सिक उत्सवको अवसरमा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । सो अवरमा क्यम्पसले आयोजना गरेको अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना, क्याम्पस संचालक समितिका उपाध्यक्ष बोधबहादुर कार्की, सदस्य जेवि कुवर, कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धर लगायतले बोलेका थिए ।

Advertisment