पोखराका दुई वडाध्यक्ष एकै मञ्चमा सम्मानित

श्रीभद्र पौडेल
पोखरा, १८ चैत। पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित हुनुभएको छ ।
सराङकोट स्थित सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समितिले वडाध्यक्षद्वय तिमिल्सीना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेको हो ।
शनिवार आयोजित बाटो स्तरउन्नती कार्यको आय व्यय सार्वजनिक, सम्मान एवम् छलफल कार्यक्रमका बीच वडाध्यक्षद्वय सम्मानित भएका हुन् ।
सम्मान पछि धारणा राख्दै पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले ओझेलमा परेका सडकहरुको स्तरउन्नतीमा वडाको ध्यान गएको उल्लेख गर्दै आगामि ४ वर्षमा सडक स्तरउन्नतीमा छलाङ मार्ने बताउनुभयो ।उहाँले पोखरा हेर्नका लागि सराङकोट उक्लनुपर्ने स्पष्ट पार्दै चौर हुँदै मेथलाङ पर्यटन पदमार्ग निर्माण गर्न वडा सकारात्मक रहेको पनि जनाउनुभयो।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भौगोलिक विकटता भएका वडामा महानगरले प्राथमिकता दिनुपर्ने भन्दै विकास निरन्तर चल्ने प्रक्रिया भएको औँल्याउनुभयो ।
त्यस अवसरमा पोखरा १८ का वडा सदस्यद्वय नमराज सुवेदी र कल्पना ढकाल क्षेत्री, बाटो निर्माण समितिका अध्यक्ष श्रीभद्र पौडेल, सचिव माया अधिकारी, सल्लाहकार टंकप्रसाद अधिकारी, अनुगमन समितिका सदस्य हरिश्चन्द्र अधिकारी, कोषाध्यक्ष इन्द्रबहादुर केसी लगायतले सडकको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

Advertisment