अवसरवादीबाट जोगिनुहोस् : नेता कोइराला

काठमाडौं, चैत २४ गते। नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नाम नलिईकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका डा. स्वर्णिम वाग्लेप्रति इङ्गित गर्दै यस्तो कटाक्ष गर्नुभएको हो। उहाँले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिस सावधान हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सावधान है एउटा कुरा, अवसरवादीबाट जोगिनुहोला। अवसरवादीबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ। तपाईँहरू पनि सावधान हुनुस्, मैले भन्ने यत्ति हो।’

नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न गर्न पनि शुभकामना व्यक्त गर्नुभयो।

Advertisment