तीनै क्षेत्रमा नयां दलको अग्रता, कसले कति पाए मत हेर्नुस..

बैशाख ११, पोखरा ।

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले अग्रता कायम राखेका छन् । लामिछानेले एक हजार ४९१ मत पाएका छन् ।

दोस्रोमा एमाले उमेदवार रामप्रसाद न्यौपानेले एकहजार १३३ मत पाएका छन् ।

तेस्रो स्थानमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ छन् ।श्रेष्ठले ७९४ मत पाएका छन् । हालसम्म इच्छाकामना गाउँपालिका वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्रको इच्छाकामना वडा नम्बर १ मा भने एमाले उमेदवारले ३६७ मत पाएका थिए । यहाँ लामिछानेले ३१९ मत पाएका थिए ।

यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका थिए । वडा नम्बर ३ मा भने लामिछानेले ३६ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ३४४ मत ल्याएका छन् ।  नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले २९ मत पाएका छन् ।

यस्तै वडा नम्बर २ मा एमालेका उमेदवार रामप्रसाद न्यौपानले ४६८ मत पाएका छन् ।

यस्तै दोस्रोमा रहेका रास्वपाका रवि लामिछानेले ३३६ र तेस्रोमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले २०६ मत पाएका छन् । यहाँ ७८ हजार २७७ मत खसेको थियो ।

बारा २ मा कुशवाहा अघि उपेन्द्र पछि पछि

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार जनमत पार्टीले यहाँ थोरै मतले अग्रता लिएको छ

जनमत पार्टीका उमेदवार शिवचन्द्र प्रसाद कुशवाहले एक हजार १४६ मत प्राप्त गरेका छन् । कुशवाहभन्दा २९ मतले पछाडि पर्दै दोस्रो स्थानमा जसपा अध्यक्ष उपेन्द्र यादव छन् ।

यादवले एक हजार ११७ मत पाएका छन् । तेस्रोमा एमालेका पुरुषोत्तम पौडेल छन् । उनले ५३८ मत ल्याएका छन् ।
त्यस्तै तनहुँ क्षेत्र नम्बर १ मा ४२ मध्ये २४ वडाको मतगणना सम्पन्न भएको छ ।

हालसम्म ३५ हजार ३ मत गणना हुँदा रास्वपा उमेदवार डा. स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत पाएका छन् ।

प्राप्त परिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनको सहयोगमा कांग्रेस उमेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् ।

उनी वाग्लेभन्दा ७ हजार ६७४ मतले पछाडि छन् । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले भने ५ हजार ८६६ मत पाएका छन् ।

Advertisment