कालिका बहुमुखीमा उद्यमशिल साझेदारी कार्यक्रम

पोखरा, १८
कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा आइतबार उद्यमशील साझेदारी कार्यक्रमको शुभारम्भ भयो । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आइतबार क्याम्पसमा आयोजित एक कार्यक्रमकाविच कार्यक्रमको शुभारम्भ गरेका हुन । उनले शिक्षासगै विद्यार्थीहरुमा उद्यमी कसरी बन्न सकिन्छ भन्ने सोचको पनि विकास हुनुपर्छ भन्दै कालिका क्यम्पसले आगाडी सारेको यो परियोजनालाई विश्वविद्यालयले सहयोग गर्ने बताए । व्यबाहरिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउने उल्लेख गरे । प्रा. डा. अधिकारीले उद्यमशीलताले देशअमै स्वएओजगार बढाएर काम गर्नका लागि विदेश जानुपर्ने समस्याको समधान हुने बताए ।

विश्वविद्यालय अनुदान आयोग, अनुसन्धन तथा छात्रवृत्ति महाशाखाका निर्देशेक डा. प्रमोद पौडेलले विद्यार्थीहरु उद्यमी भए आफैले रोजगारी सिर्जना गरेर अरुलाइ रोजगार दिने र राज्यलाइ कर समेत तिर्न सक्ने हुदा राज्यलाई समेत फाइदा पुग्ने उल्लेख गरे ।
क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पस्ले ल्याएको यो परियोजनालाई विद्यार्थीहरुले अवसरको रुपमा लिएर सदुपयोग गर्न सुझाव दिए । क्यम्पस संचालक समितिका अध्यक्ष किरण केसीले उद्यमशीलताले विद्यार्थीहरुलाइ रोजगारी खोज्दै भौतारिनु नपर्ने उल्लेख गरे ।
कार्यक्रममा पोखराका उद्यमीहरु काठमाडौ वेकरीका संचालक रोशन महर्जन, स्टेसन फूड क्लब र ससेज पर्कका संचालक आयुष श्रेष्ठ, महिला कृषि उद्यमी उषा पौडेलले उद्यमी बन्दा आइपर्ने कठिनाइ, सफलता लगायतका विषयमा आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा क्याम्पसका इन्क्युवियसन केन्द्रका स्रोत व्याक्ती विश्णु तिमिल्सिना सहायक क्याम्पस प्रमुख युवराज गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यपक, विद्यार्थी, कर्मचारी, संचालक समितिका पधाधिकारिहरुको सहभागीता थियो ।

Advertisment