फिर्केखोला पुल भासिंदा सवारी आवागमनमा अवरोध

साउन १,पोखरा । पोखरा महानगरको वडा ५ र ८ जोड्ने फिर्केखोलाको पुलको छेउ भासिएको छ । हिजोको अविरल वर्षाका कारण पोखराको पस्र्याङ हुंदै बगालेटोल जोड्ने पुल भासिंदा सवारीसाधन आवागमनमा अवरोध भएको छ ।

अहिले चारपाङ्ग्रे सवारी बन्द गरिएको छ भने सो स्थानमा जाली हालेर थप क्षति हुनबाट रोक्ने प्रयास गरिएको छ । फिर्केको पानी फेवातालको अन्तिम बाँध साइडमा मिसिएको छ । यसले फेवातालको सुन्दरता र अवस्थालाई असर गरेको भन्दै स्थानीयले चिन्ता ब्ययक्त गरेका छन ।

Advertisment